• २४ असार २०८२, मङ्गलबार

पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु

blog

महेन्द्रनगर (धनुषा), असार २४  गते ।  जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर बजार टोलस्थित भैया पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु भएको छ । उनीहरुको आज पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । 

मृत्यु हुनेमा स्थानीय चार वर्षीया आरोहीकुमारी राउत र तीन वर्षीया मैथिलीकुमारी राउत रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वरुणबहादुर सिंहले जानकारी दिनुभयो । दुवैजना बिहान पोखरीमा नुहाउन गएका थिए । नुहाउने क्रममा गहिरो पानीमा फसेपछि उनीलाई बचाउन नसकिएको स्थानीय कैलाश राउतले बताउनुभयो । 

दुवैजनालाई अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । उनीहरुको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ । रासस