• ५ साउन २०८१, शनिबार

बेगखोलामा पुल नहुँदा सास्ती

blog

म्याग्दी, असार ४ गते । बेनी–जोमसोम सडक अन्तर्रगत म्याग्दीको रघुगङ्गा गाउँपालिका १ बेगखोलामा मोटरेबल पुल नबन्दा बर्षातका समयमा सवारी साधनालई वारपार गर्न समस्या हुने गरेको छ । असार लागेलगत्तै खोलामा पानीको सतह बढेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जाने सवारी साधनलाई खोला वारपार गर्न कठिनाइ हुने गरेको छ । 

२०७३ सालमा आएको बाढीले बेगखाोलामा बस्तीसँगै मोटरेबल पुल र झोलुङ्गे पुल बगाएपछि बेनी जोमसोम सडकको यात्रा निरन्तर प्रमावित हुँदै आएको छ । पाँच वर्षपछि बल्ल चालु आर्थिक वर्षमा बेगखोलामा पुल निर्माण थालिएको छ । पुल निर्माण अझै दुई वर्ष लाग्ने आयोजनाले जनाएको छ । 



Author

ठाकुरप्रसाद आचार्य