• २० असार २०८१, बिहिबार

भारतको रेल दुर्घटनामा नेपाली युवकको मृत्यु

blog

विर्तामोड, असार ३ गते। भारतको पानी टंयाकीमा रेल दुर्घटनामा हुँदा एक नेपाली युवकको मृत्यु भएको छ।

नेपाल भारत सीमाको बजारस्थित पानी टंयाकी बोर्डरमा रेल दुर्घटनामा परेर मेचीनगर नगरपालिका–६ काँकडभिट्टा निवासी ३० वर्षीय विजय श्रेष्ठको मृत्यु भएको हो।

बिहीबार साँझ ८ बजे भारतबाट नेपाल घर फर्किने क्रममा रेलको बाटो पार गर्नेक्रममा रेलले ठक्कर दिँदा उनको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ।

 बिहारबाट सिलिगुडीतर्फ तीव्र गतिमा गइरहेको रेलको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।