• २० असार २०८१, बिहिबार

दश सहरमा विशेष विद्युत् कार्यक्रम ल्याउँछौं : निर्देशक घिसिङ

blog

शालिग्राम नेपाल 

चितवन, असार ३ गते । नेपाल  विद्युत्  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ले आउँदो ५० वर्षको माग धान्नेगरी १० वटा मुख्य सहरमा विशेष कार्यक्रम ल्याउने तयारी भैरहेको बताउनुभएको छ । समृद्ध भरतपुर महानगरसम्बन्धी कार्यक्रममा शुक्रवार सम्बोधन गर्दै उहाँले नेपालका मुख्य सहरको माग पूरा गर्नेगरी  विद्युतको कार्यक्रम ल्याउने बताउनुभयो । 

मास्टर प्लान बनाएर योजना निर्माणको चरणमा रहेका छौं, अहिले मागले सहरलाइ धान्दैन त्यसैले सहर केन्द्रित  विद्युत्  सेवा दिनेछौं निर्देशक घिसिङले भन्नुभयो, “पश्चिम क्षेत्रको विद्युत् मागलाइ पूरा गर्न नवलपरासीको धौबादी क्षेत्रमा २२० केभीको सब स्टेसन निर्माण गर्ने, भरतपुरको मागलाइ पश्चिम चितवनको मेघौलीमा सब स्टेसन निर्माण गर्ने तयारी भएको छ ।” 

भरतपुर र पोखरा सहरमा छिटै भूमिगत विद्युत् प्रसारण गर्ने तयारी रहेको उहाँले बताउनुभयो । देशका विभिन्न सहरमा हाइमास्क विद्युत् बत्ती जडान गर्ने कार्यलाई बिस्तार गर्ने, भरतपुरमा एकै पटक ६ वटा बस चार्ज गर्न मिल्ने विद्युतीय चार्जिङ स्टेसन निर्माण गर्ने कार्यलाइ छिटो सम्पन्न गर्ने जानकारी उहाँले दिनुभयो ।