• ७ जेठ २०८१, सोमबार

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, असार ३ गते । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक र नेपाल प्रहरी प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

गृहमन्त्री खाणले अनुमति माग्नुभएको प्रस्तावमा कुनै पनि सदस्यको विरोध नपरेका कारण उक्त विधेयक प्रस्तुत गर्न सभामुख अग्निप्रसाद सापकोटाले अनुमति प्राप्त भएको जानकारी सदनलाई गराउनुभयो ।

त्यसलगत्तै सभामुख सापकोटाले बैठक १५ मिनेटको लागि स्थगित भएको जानकारी दिनुभयो ।