• ५ जेठ २०८१, शनिबार

विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, असार ३ गते । राष्ट्रियसभाबाट विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको छ ।

राष्ट्रियसभाको शुक्रबारको दोस्रो बैठकमा नेकपा (एमाले)का सांसदहरुको विरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो ।

उक्त प्रस्ताव राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले बहुमतले स्वीकृत भएको घोषणा गर्नुभएको हो ।

यसैगरी, अध्यक्ष तिमिल्सिनाले विनियोजन विधेयक २०७९ का विभिन्न शीर्षकमाथि असार ६, ७ र ८ गते छलफल हुने जानकारी दिनुभएको छ । साथै सम्बन्धित मन्त्रीहरुले छलफलमा उठेका प्रश्नको जवाफ दिन असार ९ र १० गरी  दुई दिनको समय तोकिएको छ ।

अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभाको अर्को बैठक असार ५ गते आइतबार दिउँसो १ बजे बस्ने जानकारी दिनुभयो ।