काठमाडौँ, असार १४ गते । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । शनिबार अपराह्न १२ बजेबाट सुरु भएको बैठकमा बजेटसँग सम्बन्धित विधेयकलाई पारित गर्ने कार्यसूची छ ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुहुने ‘ आर्थिक विधेयक, २०८२’,‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ लाई पारित गर्ने कार्यसूची रहेको छ ।
यस्तै, ‘नेपाल नागरिकता (दोस्रो संशोधन)विधेयक, २०८२’ समेत पातिर गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले जानकारी दिनुभयो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणका बारेमा सदनलाई जानकारी गराउनुहुने कार्यक्रम छ ।
संयुुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली आजै स्पेन भ्रमणमा जाँदै हुनुहुन्छ ।