• १३ असार २०८२, शुक्रबार

बाँदर धपाउन किसानलाई लेजर लाइट

blog

किसानलाई लेजर लाइट वितरण गरिँदै । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की 
तनहुँ, असार १३ गते ।
तनहुँको व्यास नगरपालिकाले किसानलाई बाँदरको समस्या समाधान गर्न सहयोग पुर्‍याउने उद्देश्यले बाँदर धपाउने लेजर लाइट वितरण सुरु गरिएको छ ।

प्रारम्भिक चरणमा नगरका केही स्थानहरूमा यी लाइटहरू परीक्षण स्वरूप वितरण गरिएको नगरपालिकाले जनाएको छ । लाइटको प्रयोग सफल भएमा नगरपालिकाका सबै १४ वडामा क्रमिक रूपमा वितरण विस्तार गरिने योजना रहेको नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो ।

न्यौपानेले भन्नुभयो, “बाली नष्ट गर्ने बाँदरबाट पीडित कृषकहरूको गुनासोलाई सम्बोधन गर्न वैज्ञानिक उपायको प्रयोग गर्न लागेका छौं । यदि यो प्रविधि प्रभावकारी देखियो भने यो दीर्घकालीन समाधान बन्न सक्छ ।” बाँदरलाई धपाउन प्रयोग गरिने यो लेजर लाइट राति र दिन दुवै समयमा उपयोगी हुने विश्वास लिइएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार कृषकहरूलाई प्रयोगसम्बन्धी तालिम सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिने छ । किसान नगर प्रमुख न्यौपाने, उपप्रमुख इन्दिरा दरै र प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले सयुक्त रुपमा बिहीबार किसानलाई वितरण सुरु गर्नुभएको हो ।