गोरखापत्र समाचारदाता
काठमाडौँ, असार १ गते । मदन पुरस्कार विजेता महारानीका लेखक चन्द्रप्रकाश बानियाँको ऐतिहासिक उपन्यास तुलुराजा प्रकाशित भएको छ । म्याग्दी जिल्लाको उत्तरी भेगमा अवस्थित एउटा सुपरिचित ‘मगरबस्ती’ संवत् १८९७ श्रावणमा त्यस गाउँमा एउटा कहालीलाग्दो हत्याकाण्ड मञ्चन हुन्छ, राज्यविरुद्ध विद्रोह गरेको निहुँमा तत्कालीन गोर्खाली सेनाले पाखापानीमा लडाइँ गर्छ । दुई दिनसम्म घनघोर युद्ध हुन्छ, रक्तपात मच्चिन्छ ।
गोर्खा राज्यविरुद्ध राहुगाउँ प्रश्रवण क्षेत्रका मगरले किन विद्रोहगरे ? त्यसका कारण के थियो ? परिणाम के भयो ? त्यही ऐतिहासिक कथालाई केन्द्रमा राखेर बुनिएको औपन्यासिक आख्यान हो तुलुराजा । पुस्तकलाई शिखा बुक्सले प्रकाशनमा ल्याएको हो ।