• २३ जेठ २०८२, शुक्रबार

बेङ्लुरु आइपिएल च्याम्पियन

blog

उपाधि जितेपछि बेङ्लुरुका खेलाडी ।

काठमाडौँ, जेठ २१ गते । रोयल च्यालेन्जर्स बेङ्लुरु (आरसिबी) इन्डियन प्रिमियर लिग (आइपिएल) च्याम्पियन बनेको छ ।

नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदावादमा मङ्गलबार राति भएको फाइनलमा पञ्जाव किंग्सलाई ६ रनले हराउँदै आरसिबी पहिलो पटक आइपिएल च्याम्पियन बनेको हो । 

जितका लागि एक सय ९१ रनको लक्ष्य पछ्याएको पञ्जाव निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ८४ रनमा समेटिएको थियो । 

पञ्जाबका लागि शंसाक सिंहले ६१ रन बनाउनुभयो । यस्तै इङ्लिसले ३९,ओपनर प्रियाशं आर्य २४, प्रभसिमरन सिंहले २६ र निहाल बढेरा १५ रन बनाउनुभयो । 

बलिङमा आरसिबीका भुवनेश्वर कुमार र कुर्नाल पाण्ड्याले दुई दुई तथा रोमारियो सेफर्ड, जोस हेजलवुड र यश दयालले एक एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको आरसिबीले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ९० रन बनाएको थियो । आरसिबीका लागि पूर्व कप्तान विराट कोहोलीले सर्वाधिक ४३ रन बनाउनुभयो ।

यस्तै कप्तान रजत पाटीदारले २६, लियम लिविङ्स्टोनले २५, मंयक अग्रवाल र जितेश शर्माले २४,२४, रोमारिया सेफर्डले १७ र ओपनर फिल साल्टले १६ रन बनाउनुभयो । 

बलिङमा पञ्जावका कायल जेमीन्सन र अर्शदिप सिंहले तीन तीन विकेट लिनुभयो । अजमतुल्लाह उमरजाई, विजय कुमार वैशाख र युजभेन्द्र चहलले एक एक विकेट झार्नुभयो ।

लिग चरणमा पञ्जाब पहिलो र ‌आरसिबी दोस्रो स्थानमा रहेको थियो । दुवै टोलीले पहिलो क्वालिफायर खेलेका थिए । जसमा पञ्जावलाई हराउँदै आरसिबी फाइनलमा पुगेको थियो ।

पञ्जाबले दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई हराएर फाइनलमा पुन्ः आरसिबीसँगको भेट पक्का गरेको हो । एजेन्सी