राममणि दाहाल
मकवानपर, जेठ १८ गते । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं. ८ ओकरेमा च्याउ खाँदा बाबुछोरा बिरामी भएका छन् ।
मकवानपुरगढी गाउँपालिका–८ ओकरे बस्ने वर्ष ६१ को वीरबहादुर तितुङ र निजका आठ वर्षीय छोरा वसन्त तितुङ च्याउ खाएर बिरामी भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
आफ्नै घर नजिकै रहेको बारीमा उम्रेको च्याउ शनिबार खाइ बिरामी भएका उनीहरुको सन्चो अस्पताल मकवानपुर उपचार भएको प्रहरीको भनाइ छ ।