• १९ जेठ २०८२, सोमबार

कोहलपुरको सामुदायिक वनमा शव फेला

blog

कोहलपुर १२ स्थित सामुदायिक वन भेटिएको सल्यानका योगीको शव । तस्बिर : इलाका प्रहरी कार्यालय कोहलपुर

सिराज खान
नेपालगन्ज, जेठ १७ गते ।
बाँकेको कोहलपुर नगरपालिका १२ दाउनाचोकस्थित दलित सामुदायिक वनमा पुरुषको शव फेला परेको छ । सल्यान छत्रेश्वरी गाउँपालिका ६ राणा गाउँका नरनाथ योगीको शव शनिबार बिहान फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

शवको पहिचान नभएपछि सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक भएको केही घण्टामा मृतकका आफन्त प्रहरीको सम्पर्कमा आएपछि उहाँको पहिचान खुलेका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले बताउनुभयो । 

मृत अवस्थामा फेला परेका अन्दाजी ५२ वर्षीय योगीको मृत्यु के कारणले भएको हो र उहाँ सो सामुदायीक वनमा कसरी पुग्नु भयो ? भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो ।