काठमाडौँ, जेठ १५ गते । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ३ सय ३९ मेगावाट थप विद्युत् उत्पादन भएको दाबी गर्नुभएको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषण गर्नुहुँदै उहाँले यस्तो दाबी गर्नुभएको हो ।
उहाँले विद्युत्, यातायात तथा भण्डारण र वित्तीय तथा बिमा सेवा लगायतमा उल्लेखनीय वृद्धिदर हुने अनुमान रहेको बताउनुभयो । २०८२ वैशाखसम्म पर्यटक आवागमनको सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशतले वृद्धि भई ९ लाख २३ हजार पुगेको उल्लेख गर्नुभयो ।
उहाँले चालु आर्थिक वर्षको मुद्रास्फिति चालु आर्थिक वर्षको चैत्र महिनामा ३.४ प्रतिशितमा सिमित रहेको बताउनुभयो ।