• १८ जेठ २०८२, आइतबार

सहिद सुरोज शाक्य स्मृति चेस सुरु

blog

पहिलो दिन चाल चल्दै खेलाडी ।

काठमाडौँ, जेठ १४ गते । सहिद सुरोज शाक्य स्मृति काठमाडौँ महानगरब्यापी अन्तर वडा टिम चेस प्रतियोगिता बुधबारदेखि सुरु भएको छ ।

काठमाडौँ महानगरपालिका वडा नं. २२ को आयोजनामा सञ्चालित प्रतियोगिताको पहिलो दिन तीन चरणका खेल सकिएका छन् । सहभागी २० वडाका टिममध्ये बुधबार वडानं. ७ र २७ ले संयुक्त अग्रता बनाएका छन् ।

प्रतियोगिताको काठमाडौँ महानगरपालिका वडा नं.२२ वडा अध्यक्ष चिनिकाजी महर्जन र सहिद सुरज शाक्यका आमा, श्रीमती कुलदेवी शाक्यले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । 

प्रतियोगितामा विजेता टिमलाई ट्रफीसहित ५० हजार, उपविजेता टिमलाई ३५ हजार, तेस्रो हुने टिमलाई २५ हजार र चौथो हुने टिमलाई २० हजार रुपियाँ प्रदान गरिनेछ । यसैगरी प्रत्येक बोर्डको विजेताले जनही १० हजार रुपियाँ पुरस्कारस्वरुप प्राप्त गर्नेछ ।