काठमाडौँ, जेठ १४ गते । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले बुधबार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई बधाई तथा शुभकामना दिएको छ ।
एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिक अभियानलाई प्रवद्र्धन गर्न यी दुवै संस्थाले आआप्mनो दायरा भित्र रहेर सहकार्य गर्दै आएको बताउनुभयो ।
यसैगरी एनओसीका महासचिव राजीव श्रेष्ठले सरकारी निकायमा रहेका व्यक्तिले ओलम्पिकको मर्मलाई बुझ्न नसक्दा नेपाली खेलकुद समस्या रहेको र खेलाडीको भविष्य समेत अन्योलमा रहेको बताउनुभयो ।
एनएसजेएफका अध्यक्ष निरञ्जन अधिकारीले एनओसी र एनएसजेएफ अन्तर्राष्ट्रिय संरचनमा हेर्दा समान प्रकृतिको संस्था रहेकोले दुई संस्थाको सहकार्य सँधै रहने बताउनुभयो । गत वैशाखमा भएको एनएसजेफको २०औँ साधारणसभा तथा निर्वाचनले नयाँ कार्यसमिति निर्वाचित गरेको थियो ।