• ११ जेठ २०८२, आइतबार

प्राज्ञ पुरु लम्साल सम्मानित

blog

सम्मान ग्रहण गर्नुहुँदै प्राज्ञ पुरु लम्साल।

काठमाडौँ, जेठ ११ गते। इतिहासका अन्वेषक तथा अध्यता स्व. ऋषिराज बरालको नाममा स्थपित सम्मान तथा पुरस्कारबाट  नाटककार, कवि एवम् प्राज्ञ पुरु लम्साललाई सम्मान गरिएको छ। 

विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ सङ्गीतकार, अन्वेषक एवम् प्राज्ञ बुलु मुकारूङले लम्साललाई विश्व नेपाली ऋषि रङ्गमञ्च शीर्ष सम्मान एवम् पुरस्कारद्वारा सम्मानित गर्नुभएको हो। 

विगत २५ वर्षदेखि नेपाली साहित्य, नाटक र रङ्गमञ्चमा क्रियाशील लम्साल बहुआयामिक व्यक्तिव रहेको मुकारूङको भनाइ छ। पूर्व निर्वाचन आयुक्त डा रामभक्त ठाकुरले आफूले बालकृष्ण समसँग नाटक खेलेको स्मरण गर्दै पुरु लम्साल निरन्तर नाटकमै समर्पित रहेको बताउनुभयो।

कार्यक्रममा प्राज्ञ लक्ष्मी उप्रेतीले सम्मानित स्रष्टा पुरु लम्सालका बारेमा बताउँदै, युवा उमेरमै लम्सालले प्राप्त गरेको उपलब्धि र निरन्तरता लोभ लाग्दो र प्रेरणादायी रहेको बताउनुभयो।