काठमाडौँ, जेठ ११ गते। प्रहरीले वैदेशिक रोजगारीको प्रलोभनमा पारी लाखौं ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यका अनुसार यूएई पठाउने भनी पाँच लाख ७३ हजार रुपियाँ ठगी गर्ने स्थायी घर बारा कोहल्बी नगरपालिका वडा नम्बर २ भइ हाल काठमाडौँ, बुढानिलकण्ठ बस्ने ४१ वर्षीय विष्णुराज उप्रेती पक्राउ परेका छन्।
प्रहरीका अनुसार लाटभिया पठाउने भनी १२ लाख रुपियाँ ठगी गर्ने स्थायी घर पाँचथर फाल्गुनन्द गाउँपालिका वडा नम्बर-३ भइ हाल ललितपुर महानगरपालिका-२७ बस्ने ५८ वर्षीय शन्तकुमार चेम्जोङ पक्राउ परेका छन्।
बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी लामो समय झुक्यानमा राखी विदेश नपठाइ सम्पर्कबिहीन भएका उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।