काठमाडौँ, जेठ ११ गते। प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना, वरिष्ठ सङ्गीतकार न्ह्यु बज्राचार्यको सङ्गीत र लोकप्रिय गायक प्रवीण बेडवालको स्वरमा रहेको सन्देशमूलक भावको गीत ‘मेरो मृत्यु पछि’ सार्वजनिक भएको छ।
वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्माण भएको सार्वजनिक भिडियोमा वीरेन्द्र भाट ‘विपिन’ को छायांकन, सम्पादन तथा निर्देशन छ।
लोकश भाटको सहसम्पादन र भीएफएक्स रहेको गीतको भिडियोलाई सरला रिजालले निर्माण गर्नुभएको हो। भिडियोले मृत्यु पछिको अङ्गदानको महत्त्वलाई प्रकाश पारेको छ।
मृत्युपछि त्यसै खेर जाने मानव शरीरका अङ्ग दान गर्दा अर्को जीवित मान्छेले नयाँ जीवन पाउने कुरालाई भिडियोमा मर्मस्पर्शी ढङ्गमा प्रस्तुत गरिएको छ।
भिडियोमा गीतकार डा. रिजाल, डा. रिता गुरुङ, डा. भगवान कोइराला, डा. पुकारचन्द्र श्रेष्ठ, डा. ज्योतिन्द्र शर्मा लगायतको अभिनय रहेको छ।