• ११ जेठ २०८२, आइतबार

जङ्गली च्याउ खाँदा इलाममा दुई जनाको मृत्यु

blog

प्रेम अधिकारी
पशुपतिनगर(इलाम), जेठ ११ गते ।
जङ्गली च्याउ खाँदा इलाममा दुई जनाको मृत्यु भएको छ । जङ्गली च्याउ पकाएर खाँदा इलामको माङ्सेबुङ – ५ का १७ वर्षीया नुमा लावती र २२ वर्षीया मनिसा चेम्जोङको मृत्यु भएको हो । जङ्गली च्याउ खाँदा सोहि स्थानका धनराज साङबाङ बिरामी पर्नु भएको छ ।

सूर्योदय नगरपालिकाको अन्तुमा काम गर्न जादा उनीहरुले जङ्गलबाट सङ्कलन गरेर ल्याएको च्याउ खाएको प्रहरीले जनाएको छ । च्याउ खाएको केहि समयपछि बान्ता हुने, पेट दुख्ने जस्ता समस्या भएपछि उपचारका लागि झापाको दमकस्थित आम्दा अस्पताल लगिएको थियो । 

उपचारको क्रममा दुबै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । मृतकको शव पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।