• १० जेठ २०८२, शनिबार

दिल आफ्नै थियो’ मा प्रतिक्षा र प्रज्वल

blog

काठमाडौँ, जेठ ९ गते  ।  प्रतिक्षा काफ्ले र प्रज्वल राज भट्टको अभिनय रहेको गीत ‘दिल आफ्नै थियो’ सार्वजनिक भएको छ ।  गीत फाक्थुंगलुंग इन्टरटेन्मेन्ट युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । गायक नारायण थापा र नित्यशिवको स्वर रहेको छ । 

शंकर अधिकारी घायलको शब्द, बिकास चौधरीको संगीत, सुबिन गोदारको छायांकन रहेको गीतमा  राकेश दाहालको सम्पादन तथा प्रकाश धितालको निर्देशन रहेको छ ।  गीतमा मन आफ्नो भएपनि अरुको लागि मायामा धड्किने प्रेमिल भावलाई भिडियो मार्फत प्रकट गर्न खोजिएको छ ।