गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ ९ गते । चलचित्र ‘महाराजाधिराज’ मा अभिनेता पुष्प खड्का पनि जोडिनुभएको छ । केही समयदेखि ठुलो पर्दामा नदेखिनुभएका पुष्प यस चलचित्रमार्फत देखिन लाग्नुभएको हो ।
कलाकारको अनुबन्ध गर्ने क्रमलाई निरन्तरता दिँदै ‘महाराजाधिराज’ टिमले पुष्पलाई अनुबन्ध गरेको हो । अभिनेता पुष्पले ‘महाराजाधिराज’ मा आफ्नो भूमिका विशेष रहेको बताउँदै निकै उत्साहित रहेको बताउनुभयो । चलचित्रमा आर्यन सिग्देल, रमेश उप्रेती, पल शाह, वर्षा राउत र वर्षा शिवाकोटी अनुबन्ध भइसक्नुभएको छ । चलचित्रलाई परिच्छेद सेनले निर्देशन गर्दै हुनुहुन्छ । चलचित्रमा निर्देशक सेनको लेखन रहेको छ । छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने ‘महाराजाधिराज’ का प्रस्तुतकर्ता विराज विष्ट हुनुहुन्छ ।