• ९ जेठ २०८२, शुक्रबार

ताप्लेजुङमा खोलाले बगाउँदा एकको मृत्यु

blog

फावा खोला । फाइल तस्बिर

साहारा लिम्बू 

फुङ्लिङ, जेठ ८ गते। ताप्लेजुङमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको सिदिङवा गाउँपालिका वडा नं. ६ स्थित मेहेलेको फावा खोलाले बगाउँदा मेहेले निवासी विष्णु माया लिङ्देनको मृत्यु भएको हो। 

५१ वर्षीय लिङदेनलाई बिहीबार दिउँसो खोला तर्ने क्रममा खोलाले बगाएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक बिवेक बस्नेतले जानकारी दिनुभएको छ। उहाँका अनुसार लिङ्देनलाई खोलाले करिब १५० मिटर टाढा बगाएको थियो। 

घटना लगत्तै सिदिङ्वा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रत्नबहादुर लिङ्देनले प्रहरीलाई खबर गरेको र इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली घटना स्थलमा परिचालित भएको प्रहरीले जनाएको छ।