• ११ जेठ २०८२, आइतबार

नवनियुक्त गभर्नर पौडेलद्वारा पदभार ग्रहण

blog

नेपाल राष्ट्र बैँकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेल पदभार ग्रहण गर्नुहुँदै । तस्बिर : रासस

काठमाडौँ,  जेठ ७ गते ।  नेपाल राष्ट्र बैँक का नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले पदभार ग्रहण गर्नुभएको छ । वालुवाटारस्थित बैँकको कार्यालयमा आज पदभार गर्नुहुँदै उहाँले बैँक तथा वित्तीय संस्थाको सुपरीवेक्षणलाई प्राथमिकता दिएर अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले केबल नियम बनाएर मात्र हुँदैन सुपरीवेक्षणलाई पनि बढाउनुपर्छ । त्यस्तै कर्जाको गुणस्तर बढाउने कुरालाई पनि जोड दिने छौँ, । ” 

त्यस्तै, सरकारको वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीतिका व्यवस्था अबलम्बन गर्ने पनि गभर्नर डा पौडेलले बताउनुभयो । त्यस्तै  राष्ट्र बैँकका नीति निर्णय गर्दा विभिन्न सरोकारवालासँग पर्याप्त छलफल गर्ने पनि उहाँले उल्लेख गर्नुभयो ।

त्यस्तै, राष्ट्र बैँकको स्वायत्तता कायम गर्नका लागी राष्ट्र बैँक ऐनअनुसार काम गर्ने पनि गभर्नर डा. पौडेलको भनाइ छ ।  डा. पौडेलले आजै सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग गभर्नर पदको  तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको थियो । त्यसलगत्तै उहाँले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग अर्थमन्त्रालयमा भेटवार्ता गर्नुभएको थियो । रासस