• ८ जेठ २०८२, बिहिबार

सगरमाथा संवादको सन्देश

blog

सगरमाथा संवादको पहिलो संस्करण काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको भएको छ । पहिलो संस्करणको नारा नै ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ भन्ने थियो । यसका लागि सर्वप्रथम नेपाल सरकारलाई धन्यवाद दिनु पर्छ । यही जेठ ४ मा सम्पन्न भएको उक्त संवादले २५ बुँदे ‘सगरमाथा कल फर एक्सन’ जारी गरेको छ । अहिलेको विश्वको अति संवेदनशील र अन्तरसम्बन्धित विषय हो जलवायु परिवर्तन जसले अब प्राविधिक विषय नभए राजनीतिक र रणनीतिक विषयको आकार लिएको छ । यो अन्तरदेशीय तथा अन्तर महादेशीय समस्या भएकाले विश्वव्यापी पहल र सहकार्यको आवश्यकता हुन्छ । अहिले वातावरणीय चुनौतीका रूपमा त्रिपक्षीय सङ्कटको रूपमा जलवायु परिवर्तन, जैविक विविधताको क्षति र प्रदूषणलाई लिने गरिन्छ ।

विश्वव्यापी जलवायु परिवर्तनको छलफल र वार्ताहरूमा विशेष गरी हिमालयको संवेदनशीलतालाई कमै उठाउने गरिएकोमा सन् २०२३ मा संयुक्त राष्ट्रसङ्घका महासचिवको नेपाल भ्रमण र प्रत्यक्ष रूपमा सगरमाथा तथा अन्नपूर्ण क्षेत्रको स्थलगत अवलोकन र त्यसको विश्वव्यापी प्रचारले एक हदसम्म आधार तयार गरेको थियो भने अब नेपाल मै यस प्रकारको मेगा कार्यव्रmम नै आयोजना गरी सगरमाथा ‘कल फर एक्सन’ जारी हुनु अत्यन्तै सान्दर्भिक र महìवपूर्ण छ । जलवायु परिवर्तन हिमालयदेखि समुद्रसम्मका सबैलाई समेटेपछि मात्र पूर्ण हुन्छ भन्ने सन्देश अझ सशक्त रूपमा यस संवादले दिएको छ । हिमाली अर्थतन्त्र जलवायु परिवर्तनसँग अति संवेदनशील भएको र यसको प्रभाव अन्यत्रभन्दा बढी मात्रामा हिमालमा हुने गरेको छ । हिमालय पर्वत मानव जातिका साझा सम्पदा हुन र वास्तवमा भन्ने हो भने मानव जातिलाई पालनपोषण गरिरहेका छन् । 

यस संवाद सुरु हुनु केहीअघिदेखि विभिन्न पक्षबाट टीकाटिप्पणी सञ्चार माध्यममा आएका थिए र यसरी आमसञ्चार माध्यममा आउनु र विभिन्न पक्षबाट विचार विमर्श हुनुले आगामी दिनमा थप परिस्कृत बनाउँदै लैजान सहयोग पु¥याउने नै छ । यस सम्बन्धमा पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्यले एक्समा लेख्नुभएको सटिक टिप्पणी काफी छ, ‘‘यो सरकारप्रमुख आउने अन्तरसरकारी बैठक होइन । संवाद हो । यस्तो कार्यव्रmम निरन्तर गर्नु पर्छ अनि मात्र विश्वसनीय हुन्छ ।’’ कार्यव्रmममा १७५ विदेशी पाहुनासहित १२ मुलुकबाट उच्च तहको प्रतिनिधिमण्डल सहभागी भएको बताइएको छ जुन आफैँमा पहिलो संस्करणको हिसाबले पनि राम्रो सहभागिता हो । अर्काेतर्फ नेपालले यस प्रकारका कार्यव्रmम गर्न सक्छ भन्ने सन्देश पनि दिएको छ । विश्वव्यापी, क्षेत्रीय तथा राष्ट्रिय मामिलाका महìवपूर्ण विषयमा छलफल गर्ने मञ्चका रूपमा संवादलाई अघि बढाउँदै लैजानु पर्छ । जुन घोषणापत्रको २५ औँ बुँदाले प्रस्ट पारेको पनि छ । तटस्थ थलोका रूपमा कार्यव्रmममा सहभागी र छलफलका विषय हेर्दा एकदमै सान्दर्भिक र विषयवस्तु केन्द्रित भएकाले यसले जलवायु परिवर्तनको प्राविधिक पक्षलाई विशेष जोड दिएको छ, जुन नेपालको लागि अति महìवपूर्ण पनि थियो । तीनदिने संवादले हिमालका विषयलाई संसारभरि उजागर गर्न सफल भएको छ, जुन विषय हिमालको मात्र विषय नभएर समुद्रसम्मको विषय भएको छ ।

विशेष गरी हिमालका कुरा ओझेलमा पर्न गएका हुन कि भन्ने कुरालाई चिर्न सफल भएको कार्यव्रmमको समापनमा परराष्ट्र सचिवले सञ्चारकर्मीसमक्ष समेत व्यक्त गर्नुभएको तथा परराष्ट्रमन्त्रीले हिमालदेखि टापु मुलुकका जनताका आवाजलाई जोड्न र उजागर गर्न सफल भएको बताउनुभएको थियो । सगरमाथा कल फर एक्सनमा हिमालका मुद्दालाई उच्च प्राथमिकता दिइएको छ भने बुँदा सत्रले अति महìवपूर्ण विषय जलवायु न्यायका बारेमा बोलेको छ, जुन हाम्रा लागि अति जरुरी पनि हो । नेपालले विश्वव्यापी कार्बन उत्सर्जनमा नगन्य योगदान रहे पनि यसको अस्वाभाविक क्षति र यसबाट उच्च रूपमा प्रभावित हुनु परेको तितो यथार्थ हामीमाझ छर्लङ्ङ छ । हाम्रो कृषिमा आधारित अर्थतन्त्र जलवायुका कारण पनि झनै प्रभावित भएको छ । 

आगामी दिनमा नेपालको कूटनीति सञ्चालन र जलवायुका क्षेत्रमा हुने अन्तर्राष्ट्रिय संवाद सहकार्य र वार्ताका लागि ठोस र विस्तृत रूपमा आवश्यक मार्गचित्रसमेत प्रस्तुत गरेको छ । नेपालले बहुपक्षीय तथा क्षेत्रीय मञ्चमा हुने छलफल तथा रिजोलुसनमा समेत सगरमाथा कल फर एक्सनका विषयलाई समावेश गर्न प्रभावकारी कूटनीतिक पहल र चातुर्य देखाउनु पर्छ । यसले जलवायु परिवर्तनका क्षेत्रमा काठमाडौँ प्रोसेसको रूपमा नेपाललाई विश्वसामु चिनाउने छ । यसै सन्दर्भमा गत डिसेम्बर २ देखि १३, २०२४ सम्म नेदरल्यान्डको हेगमा अन्तर्राष्ट्रिय न्यायालयमा संयुक्त राष्ट्रसङ्घको महासभाले पारित गरेको रिजोलुसनबमोजिम जलवायु परिवर्तनमा राज्यहरूको दायित्वसम्बन्धी बहसमा परराष्ट्रमन्त्रीले सहभागिता जनाउनु भएको थियो ।

एक सयभन्दा बढी मुलुकले बहसमा भाग लिएकामा ९ डिसेम्बरमा नेपालले बहसमा भाग लिई नेपाल जलवायु परिवर्तनबाट प्रत्यक्ष प्रभावित मुलुक भएको र नेपालले आफूले नगरेको कर्मको फल आइलागेको भनी विश्वलाई ध्यानाकर्षण गराएको थियो । नेपाल जस्ता मुलुकले गर्ने नै प्रभावकारी सहभागिता र विश्वको ध्यानाकर्षण गर्दै आफ्ना एजेन्डाहरूको सुनुवाइका लागि पहल गर्ने हो । विश्व रङ्गमञ्चमा साना मुलुकले विश्वव्यापी मान्यता विकास गर्न र मानवीय मामिलामा ठुलो योगदान पु¥याएका पनि छन् । उदाहरणका लागि नरडिक मुलुकलाई हेर्न सक्छौँ । 

विश्व रङ्गमञ्चमा अन्तर्राष्ट्रिय सम्बन्धका सिद्वान्तहरू केवल शक्ति राष्ट्रहरूका लागि निर्मित हुन र साना तथा मध्यम राष्ट्रहरूका लागि ती सिद्वान्तहरू विकास भएका हुँदै होइनन् । ठुला र शक्ति राष्ट्रहरूसँग सैनिक, आर्थिक तथा राजनीतिक एवं रणनीतिक क्षमता हुने र सोही अनुसार आफ्नो उपस्थिति र भूमिका निर्वाह गरिरहेका हुन्छन् । साना तथा मध्यम राष्ट्रहरूसँग हस्तक्षेपकारी क्षमता र कडा शक्तिहरूको विकल्प हुँदैन र उनीहरूले आफ्नो उपस्थिति जनाउने भनेकै नरम शक्ति र कूटनीतिक चातुर्यतामार्फत विश्वास, प्रभाव र दृष्टिकोणमार्फत आफ्नो पहिचान स्थापित गर्नु पर्छ । जुन नरम शक्तिमार्फत प्राप्त हुने गर्छ ।

नेपालका लागि नरम शक्ति भनेकै यसको रणनीतिक अवस्थिति, दक्षिण एसियाको सबैभन्दा पुरानो र कहिल्यै कसैको उपनिवेश नभएको स्वतन्त्र अस्तित्व कायम गर्न सफल मुलुक, असंलग्न परराष्ट्र नीति अङ्गीकार, विविधतामा एकता, सबैसँग मित्रता छैन कसैसँग शत्रुता, हाम्रो सांस्कृतिक सम्पन्नता, पर्यटन तथा सगरमाथाको देशलगायत हुन् । नरम शक्तिका आविस्कार जेसेफ नाइले समेत अमेरिकाका लागि अब कडा शक्तिले मात्र नभई नरम शक्ति अगाडि बढाउनु पर्छ भनी नब्बेको दशकमा नरम शक्तिको अवधारणा विकास गर्नु भयो । जसले अन्तर्राष्ट्रिय सम्बन्धमा ठुलो बहस र छलफलले प्रवेश पायो र आज नरम शक्तिलाई महìवपूर्ण विदेश नीतिको रूपमा शक्ति राष्ट्र तथा अन्य मुलुकहरूले पनि अवलम्बन गर्दै आइरहेका छन । यसै सिलसिलामा सार्वजनिक कूटनीति पनि सँगसँगै अगाडि बढाएका छन् ।

आज दक्षिण कोरिया भन्नेबित्तिकै बिटिए, ब्ल्याकपिङ्क, के पप, फेसन तथा ब्युटी प्रोडक्सका रूपमा संसारभर चिनिन्छ । त्यस्तै साना मुलुक कतार आज विश्वको सबैभन्दा ठुलो फुटबल आयोजना गर्ने, युद्व तथा द्वन्द्वरत मुलुकका लागि मध्यस्थ गर्ने, ठुला ठुला सम्मेलन आयोजना गर्ने र एभिएसन इन्डस्ट्रिज जस्तो कतार एयरवेजबाट आफ्नो नरम शक्ति प्रस्तुत गरिरहेको छ । मुलुकहरूले सार्वजनिक कूटनीतिमार्फत आफ्ना नरम शक्ति अन्य मुलुकका आमसर्वसाधारणसम्म पु¥याई आफ्नो मुलुकप्रतिको विश्वास, प्रभाव र दृष्टिकोण सिर्जना गर्न भूमिका निर्वाह गर्छन् । 

नेपालले पनि अब हाम्रो नरम शक्तिलाई प्रभावकारी कूटनीतिमार्फत विश्वसामु नेपालप्रतिको आमविदेशीको धारणा, सोचाइ र विश्वास बढाउने कार्य गर्न अब ढिला गर्नु हुँदैन । आगामी दिनमा सगरमाथा संवाद पनि हाम्रो नरम कूटनीतिकै एक आयाम हुने छ ।

Author

भुवन पौडेल