धर्बेन्द्र झा
जनकपुरधाम, जेठ ७ गते। मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले प्रदेश सरकारले गठन गरेको सहिद प्रतिष्ठानलाई व्यवस्थित गर्नका लागि मन्त्रालयले सहिद प्रतिष्ठान ऐन ल्याउन लागेको बताउनुभएको छ।
गृह सञ्चार तथा कानुन मन्त्रालय मधेश प्रदेशको सभाहलमा बुधबार पत्रकारसँगको छलफलको क्रममा उहाँले यस्तो बताउनु भएको हो।उहाँले वर्षमा एक दिन दोसल्ला ओढाएर सहिद परिवारलाई सम्मान गर्दैमा तिनीहरुको उचित सम्मान नहुने भन्दै राज्यले दीर्घकालीन रुपमा सोचनु पर्ने बताउनुभयो ।
उहाँले सहिद परिवारका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले छुट्याएको बजेटको यथाशिघ्र कार्यान्वयनका लागि गृह सञ्चार तथा काुून मन्त्रालयका सचिव सहितका कर्मचारीलाई पत्रकारको अगाडी निर्देशन समेत दिनु भयो।
कार्यक्रममा उहाँले सञ्चार क्षेत्रका लागि गर्नुपर्ने कामकाजको बारेमा पत्रकारसँग सुझाव मागसमेत गर्नुभएको छ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेश कर्ण, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव शैलेन्द्र महतो, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साह, उपाध्यक्ष अवधेश कामत, वरिष्ठ पत्रकार अजय कुमार झा सहितका पत्रकारले मधेश प्रदेशका पत्रकारको जीवन बीमा गरिदिनु पर्ने, नेपाल पत्रकार महासंघ मधेश प्रदेशको भवन निमार्ण,पत्रपत्रिका, रेडियो, टेलिभिजनका लागि लोककल्याणकारी विज्ञापन्न, पत्रकार महासंघका शाखामा पुस्तकालयको व्यवस्था, युग अनुसार पत्रकारको दक्षता अभिवृद्धिका लागि तालिम ,सञ्चार सामग्री खरिदमा प्रदेश सरकारवाट अनुदान लगायतका विषयमा मन्त्रालयले बजेट विनियोजन गर्न सुझाव दिएका छन्।