काठमाडौँ, जेठ ७ गते । देशको ठुलो तरकारी बजार काठमाडौँको कालीमाटीमा भित्रिएको हरियो धनियाँमा अत्यधिक विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार काभ्रेबाट मङ्गलबार ल्याइएको हरियो धनियाँमा ९९.३७९ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको हो ।
केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी तरकारी बजारका १७ पसलको १७ थरी तरकारी तथा फलफूल परीक्षण गरेकोमा हरियो धनियाँमा विषादी भेटिएको छ । विषादीको मात्रा धेरै भेटिएको उक्त धनियाँ उपभोगयोग्य नरहेकोे कालीमाटी प्रहरीको सहयोगमा समितिले नष्ट गरेको जनाएको छ ।
विषादी छर्केपछि पर्खनुपर्ने अनिवार्य निश्चित समय नपर्खेर बारीबाट सोझै बजारमा हरियो धनियाँमा उच्च परिमाणमा विषादीको अवशेष भेटिएको केन्द्रीय कृषि प्रयोगशालाका प्रमुख डा. शान्ता कार्कीले जानकारी दिनुुभयो ।