• ८ जेठ २०८२, बिहिबार

कर्मचारीको मिलेमतोमा साढे तीन करोड हिनामिना

blog

बनेपा, जेठ ६ गते । काभ्रेपलाञ्चोकको पनौतीमा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा कार्यरत कर्मचारीले संस्थाको रकम हिनामिना गरेको तथ्य सार्वजनिक भएको छ । सहकारीमा कार्यरत कर्मचारीले प्रविधिको दुरुपयोग गर्दै सहकारीको तीन करोड ६२ लाख रुपियाँ रकम हिनामिना गरेका हुन् । 

सहकारीमा कार्यरत कर्मचारीबाट करोडौँ रुपियाँ रकम हिनामिना भएको तथ्य सार्वजनिक भएपछि सहकारीले विजप्ति जारी गर्दै उक्त घटनाको स्वीकार गरेको छ । सहकारीमा कार्यरत तीन कर्मचारीमध्ये दुई जनाले संस्थाको आम्दानी खाताबाट रकम निकाली आफ्नो व्यक्तिगत खातामा रकम जम्मा गरेको अर्र्का एक कर्मचारीले आफ्ना आफन्त तथा नातेदार सदस्यलाई आफू जिम्मेवारी बसी ऋण बनाई उक्त ऋण रकम आफैँले उपयोग गरेको सहकारीका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले जानकारी दिनुभयो । 

उहाँले तीन कर्मचारीले संस्थाको नीति, नियम र कानुन उल्लङ्घन गरी संस्थाको रकम हिनामिना गरेको थाहा पाएपछि हिनामिना रकम केही असुल गरिएको र केही बाँकी रहेको बताउनुभयो । प्रमुख कार्यकारी अधिकृत बस्नेतले आफू जिम्मेवारीमा बसी ऋण बनाई आफैँ उपयोग गर्ने कर्मचारीबाट एक करोड १५ लाख सावाँब्याज असुल गरिसकिएको बताउनुभयो । सहकारीले संस्थामा कार्यरत रही संस्थाको रकम निकाली आफ्नो नाममा रकम जम्मा गर्ने कर्मचारीबाट ५८ लाख २५ हजार रुपियाँ र सोको ब्याजसमेत असुल गरेको विज्ञप्तिमार्फत जनाएको छ । 

यस्तै सबैभन्दा बढी रकम हिनामिना गर्ने संस्थाका अर्का कर्मचारीले दुई करोड ४१ लाख ६९ हजार रुपियाँ असुल गरिएको र उनीबाट अझै केही रकम असुल गर्नुपर्ने भएकाले उनको पैतृक सम्पत्ति रोक्कासमेत राखिएको संस्थाले जनाएको छ । संस्थाले रकम हिनामिनामा संलग्न कर्मचारीलाई हटाई छानबिन तथा रकम असुलीको प्रव्रिmयामा गएको जनाएको छ । 

संस्थाका सञ्चालक नीतिगत निर्णयमा मात्र सहभागी हुने भन्दै संस्थाको आर्थिक कारोबारमा सहभागी हुन नपाउने भएकाले सञ्चालक समितिबाट रकम अपचलन र दुरुपयोगको सम्भावना नै नहुने दाबीसमेत गरिएको छ । 


फिर्ता गर्न थाल्यो बचत

समस्याग्रस्त तुलसी सहकारी संस्था लिमिटेडले मोरङको लेटाङ सेवा केन्द्रका सेयर सदस्यको बचत फिर्ता गर्न थालेको छ । आइतबार लेटाङ नगरपालिकाका नगरप्रमुख भूपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौलाले सेयर सदस्य डिल्लीराम ढकाललाई पैसा फर्काएर बचत फिर्ता अभियानको सुरुवात गर्नुभयो ।

लेटाङ–३ मा लघुउद्योग सञ्चालन गरिरहनुभएका ढकालले तुलसी सहकारीमा १३ हजार ५१५ रुपियाँ बचत गर्नुभएको थियो । दैनिक बचत गर्नुभएका ढकालले एक पटक पनि बचत फिर्ता लिन नपाई सहकारी संस्था समस्याग्रस्त घोषित भएको थियो । लेटाङ–४ मा २०७९ असार २२ गते सेवा केन्द्र सञ्चालन गरी कारोबार सुरु गरेको तुलसी सहकारीले सोही वर्षको फागुन १ सम्म सदस्यबाट बचत सङ्कलन गरेको थियो । 

लेटाङ बजार क्षेत्रका झन्डै साढे तीन सयले सहकारीमा बचत गरेका थिए । नगरपालिकाले पीडित बचतकर्तालाई नगरको सहकारी शाखामा निवेदन दिन आह्वान गरेको थियो । नगरपालिकामा निवेदन दिने १६९ जनालाई आइतबार बचत फिर्ता दिने कार्यव्रmम रहेको छ । तुलसी तथा शिवशिखर समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका संयोजक रुद्रप्रसाद दाहालले नगरपालिकामा निवेदन दिने सबैलाई बचत फिर्ता दिने गरी तयारी रहेको बताउनुभयो । उहाँले साना बचतकर्ता न्यूनतम तीन हजारदेखि ४० हजारसम्म बचत गर्ने सेयर सदस्यलाई पैसा फिर्ता गर्ने तयारी रहेको जानकारी दिनुभयो । 

बचत गरेका तर नगरमा निवेदन दर्ता नगरेका बचतकर्ताको पनि व्रmमशः पैसा फिर्ता गरिने संयोजक दाहालले बताउनुभयो । 

लेटाङ–३ का पूर्ववडाध्यक्ष देवराज चाम्लिङको लेटाङ–४ स्थित घरमा सेवा केन्द्र र मार्ट सुरु गरेको सहकारी संस्थाले मासिक एक लाख १५ हजार घर भाडा तिर्ने सर्त थियो तर सुरुमा पाँच लाख रुपियाँ लिएबाहेक चाम्लिङले थप घर भाडा पाउनुभएको छैन ।