• ६ जेठ २०८२, मङ्गलबार

तीन वर्षमा चार किलोमिटर सडक कालोपत्रे

blog

तीन वर्षमा भएका उपलब्धि प्रस्तुत गर्नुहुँदै नगरप्रमुख रणबहादुर महरा ।

भवानीदत्त भट्ट

कञ्चनपुर, जेठ ५ गते । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा तीन वर्षको अवधिमा ४.१४ किलोमिटर सडक कालोपत्रे गरिएको छ । पालिकाका मेयर रणबहादुर महरासहित २०७९ मा स्थानीय तहको निर्वाचतबाट निर्वाचित जनप्रतिनिधहरुले सोमबार पत्रकार सम्मेलन गर्दे तीन वर्षमा उपलब्धिमुलक काम भएको जनाएका हुन् ।   

सो नगरपालिकाले सडक पूर्वाधारतर्फ तीन वर्षको अवधिमा १९ किलोमिटर सडक ट्रयाक खोल्ने कार्य, ४० किलोमिटर सडक ग्राभेल, ३३.८० किलोमिटर सडक स्तरोन्नति र ४.१४ किलोमिटर सडक कालोपत्रे गरिएको जनाएको छ । 

नगर चक्रपथ निर्माणतर्फ भने नगरपालिकाले उपलब्धिमुलक काम गरेको दावी गरेको छ । पालिकाले वडा १२ कालागौडीदेखि जोनापुरसम्म ५.९ किलोमिटर र वडा नम्बर ७ समूह चौराहदेखि नहरसम्म ७ सय मिटर सडक कालोपत्रे गरिएको जनाएको छ ।  

पालिकाले वडा नम्बर ८ भमरभोज नगर चक्रपथ खण्डमा एक किलोमिटर पिच सम्पन्न भएको जनाएको छ । नगरपालिकाले तीन वर्षको अवधिमा तीन किलोमिटर नाली निर्माण गरिएको जनाएको छ ।