• ९ जेठ २०८२, शुक्रबार

प्रधानमन्त्रीद्वारा नेपाली महिला क्रिकेट खेलाडीलाई बधाई

blog

काठमाडौँ,  जेठ ५ गते ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिला क्रिकेट खेलाडीलाई बधाई दिनुभएको छ ।

सामाजिक सञ्जालमार्फत सोमबार प्रधानमन्त्री ओलीले महिला टी–२० विश्वकपको एसिया छनोटबाट पहिलो पटक ‘ग्लोबल’ छनोटमा प्रवेश गरेकोमा नेपाली महिला खेलाडीलाई बधाई दिनुभएको हो । 

“नेपाली छोरीहरूलाई बधाई, महिला क्रिकेटमा नेपाललाई ऐतिहासिक उपलब्धि । २०२६ महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल पहिलोपटक प्रवेश गरेको छ ।  नेपालका लागि गर्वको क्षण हो । हार्दिक बधाई तथा शुभकामना”, प्रधानमन्त्री ओलीले लेख्नुभएको छ । 

नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई पाँच विकेटले पराजित गरेको हो ।