काठमाडौँ, जेठ ५ गते । ललितपुर जिल्ला बुद्धिचाल सङ्घको अध्यक्षमा विक्रम श्रेष्ठ चयन हुनुभएको छ । सङ्घको सोमबार सम्पन्न साधारणसभाले विक्रमको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
नेपाल बुद्धिचाल महासङ्घले आफ्ना ५५ जिल्ला सङ्घहरूको अवधि समाप्त भएपछि जेठ ७ गतेभित्र चुनावी अधिवेशन सम्पन्न गर्न परिपत्र गरेको थियो । सोही अनुसार ललितपुरको निवर्जाचन भएको हो ।
महाङ्घका उपाध्यक्ष श्याम ब्यञ्जनकारको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाबाट जिल्ला सङ्घको उपाध्यक्षमा सजिन महर्जन, सचिवमा हरिकृष्ण श्रेष्ठ, कोषाध्यक्षमा रञ्जन घोषाल निर्विरोध निर्वाचित हुनुभयो ।
भएका छन्। यस्तै महिला सदस्यमा मनु सिं दानी, सदस्यहरूमा समीर रञ्जितकार, कृजन महर्जन, प्रसन्न महर्जन र रोजिल श्रेष्ठ चुनिनुभयो । निर्वाचित पदाधिकारीलाई निर्वाचन संयोजक सुश्री निशा महर्जनले प्रमाणपत्र प्रदान गर्नुभयो ।
साधारण सभामा महासङ्घका केन्द्रीय प्रतिनिधि राजु ताम्राकार, केन्द्रीय सदस्य सुशील चौधरी, केन्द्रीय सदस्य रमिला पोखरेल लगायतको उपस्थिति रहेको थियो । यस्तै काठमाडौँ जिल्ला बुद्धिचाल सङ्घले पनि केशव श्रेष्ठको नेतृत्वमा साधारणसभा सम्पन्न गरेको महासङ्घले जनाएको छ ।