• ५ जेठ २०८२, सोमबार

खोलामा डुबेर एक युवकको मृत्यु

blog

गुणबहादुर रोका
सुलीकोट, जेठ ५ गते ।
गोरखाको शहिद लखन गाउँपालिका – ७ बेलबोटस्थित जुग्दी खोलामा डुबेर एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी घर भई शहिद लखन गाउँपालिका – ७ बस्ने ३५ वर्षीय सुमन मगर भएको भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक ईन्द्र प्रसाद सुबेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आइतबार बेलुका ४ बजे जुग्दी खोलामा नुहाउने क्रममा डुबेर बेपत्ता भएपछि साँझ ८ बजे जुग्दी खोलामा शव फेला पारेको हो 

घटना घटेको खबर पाउने वित्तिकै जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी टोली घट्नस्थल पुगी जुग्दी खोलामा स्थानियको सहयोगमा खोजतलास गर्ने क्रममा मगरको शव फेला परेको हो ।

प्रहरीको टोली घटनास्थलतर्फ पुगी प्रारम्भिक अनुसन्धान कार्य पूरा गरी मृतक लाशलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल गोरखामा पठाइएको र सोमबार मृतक युवकको आफन्त आएपछि पोष्टमार्टम गर्ने तयारी भएको गोरखाका प्रहरी नायब उपरीक्षक सुबेदीको भनाइ छ । 

त्यस घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।