चाँदनी आचार्य
घोडाघोडी (कैलाली), वैशाख २९ गते । कैलालीको घोडाघोडी नगरपालिका–२ चितलपुर बस्ने टेकबहादुर रावतकी २४ वर्षीया श्रीमती लीला विष्ट रावत माइतीघर जान्छु भन्दै हिडेको तीन दिन बित्दासमेत सम्पर्कमा आउनु भएको छैन ।
वैशाख २७ दिउँसो घोडाघोडी–२ साडेपानी गाउँमा रहेको माइतीघर जान्छु भनी हिडेकी विष्टको बारेमा आइतबार बुझ्दा माइती, आफन्त, नातागोता कतै पनि सम्पर्कमा नआएको आफन्तले जनाएका छन् ।
सोमबारसम्म सम्पर्कविहीन भएपछि श्रीमान् टेकबहादुर रावतले खोजी कार्यका लागि इलाका प्रहरी कार्यालय सुखडमा निवेदन दिनुभएको छ । लिलाको खोजीकार्यका लागि कैलाली जिल्लाका विभिन्न प्रहरी कार्यालयमा हुलिया पठाएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
श्रीमान् र श्रीमतीबिच मोबाइलका विषयमा सामान्य विवाद भएपछि लीलाले आफूले चलाएको मोबाइल फु्टाएर घरमै छोडी माइत जान्छु भन्दै हिडेको छिमेकीले जानकारी दिनुभयो ।