• २९ वैशाख २०८२, सोमबार

विश्व सम्पदामा सूचीकृत बौद्ध स्तुपाको दृश्य

blog

बुद्ध जयन्तीको दिन हवाईजहाजबाट लिएको विश्व सम्पदामा सूचीकृत पर्यटकीय तथा धार्मिकस्थल बौद्ध स्तुपाको दृश्य । तस्बिरः प्रदीपराज वन्त

काठमाडौँ, वैशाख २९ गते । आज २५६९ औँ बुद्ध जयन्ती । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती पर्व सोमबार भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका सिद्धार्थ गौतमको पूजा, आराधना एवम् प्रवचन गरी मनाइँदैछ ।

सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्वीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् । 

ईसापूर्व ५६३ अर्थात आजभन्दा २५६९ वर्षअघि रूपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।