• २३ वैशाख २०८२, मङ्गलबार

चौथो औद्याेगिक प्रदर्शनी तथा पर्यटन महोत्सव सुरू

blog

पर्यटन महोत्सव उद्घाटन गर्नुहुँदै मन्त्री । तस्बिर : कोकिला भण्डार

कोकिला भण्डारी

धनकुटा, वैशाख २३ गते । घरेलु उत्पादनको प्रवर्धन एवम् पर्यटन तथा जातीय परिकार प्रवर्धनका लागि चौँथो औद्याेगिक प्रदर्शनी तथा पर्यटन महोत्सव २०८२ धनकुटामा सुरू भएको छ । घरेलु तथा साना उध्योग महासङ्घ धनकुटाको आयोजनामा मङ्गलबार सुरू भएको सो महोत्सव कोशी प्रदेशका उद्याेग कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगामले उद्घाटन गर्नुभयो ।

जेठ ५ गतेसम्म चल्ने महोत्सवमा एक करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ भने करिब २५ लाख रूपियाँ खर्च हुने आयोजकले जनाएको छ।

कोशी प्रदेशले सुरू गरेको पर्यटन वर्ष २०८२ लाई लक्षित गरी आयोजना गरिएको यो महोत्सवमा धनकुटामा उत्पादन भएका उत्पादित घरेलु उद्याेगका उत्पादनहरू, स्थानीय खानाका परिकारहरू, कृषि उत्पादनहरू, पर्यटनसँग सम्बन्धित तस्बिरहरू प्रर्दशनीमा राखिएको महासङ्घका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

महोत्सवको उद्घाटन कार्यक्रममा विभिन्न जातजातिका सांस्कृतिक झाँकीहरू समेत प्रर्दशनी गरिनुका साथै झाँकी प्रतियोगिता समेत गरिएको थियो ।