साहारा लिम्बू
फुङलिङ, वैशाख २३ गते । नेपाली कांग्रेस निकट निर्माण व्यवसायी सङ्गठन लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घ ताप्लेजुङको अध्यक्षमा गणेश खिम्दिङ चयन हुनुभएको छ । सोमबार सम्पन्न प्रथम जिल्ला भेला तथा अधिवेशनबाट खिम्दिङ अध्यक्षमा चयन हुनुभएको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षद्वयमा खेम कार्की, सुरेश ताक्मादेन र महासचिवमा सुजन गुरुङ चयन हुनुभएको छ । यस्तै, उपमहासचिवद्वयमा पेम्बा शेर्पा र शान्त अधिकारी साथै कोषाध्यक्षमा सरस्वती कार्की चयन हुनुभएको छ ।
सह–कोषाध्यक्षमा डेनि तामाङ सर्वसम्मत चयन हुनुभएको छ । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं. १ का उपसभापति समेत रहेका खिम्दिङ खिम्दिङहाङ कन्स्ट्रक्सनका प्रोप्राइटर हुनुहुन्छ ।
कार्यक्रममा कांग्रेस ताप्लेजुङका सभापति गजेन्द्रप्रसाद तुम्याहाङ, नेपाल निर्माण व्यवसायी महासङ्घ केन्द्रीय अध्यक्ष रबि सिंह, वरिष्ठ उपाध्यक्ष आङदोर्जे शेर्पा, सचिव शिवहरी घिमिरे, कोशी प्रदेश संयोजक सन्तोषकुमार बस्नेतलगायतको उपस्थितमा सम्पन्न भएको थियो ।