शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २५ गते । प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच शिष्टाचार भेट भएको छ । प्रधान सेनापतिको कार्यालय जङ्गी अड्डामा बुधबार भेट भएको हो ।
भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका बारेमा छलफल भएको जङ्गी अड्डाले जनाएको छ । भेटले दुई देशबीचको आपसी सम्बन्ध थप सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।