राजनीतिक विरासतको लामो लहरो भएका आङबुहाङ लिम्बूहरूको मूल आवादी ताप्लेजुङको साबिकका चाँगे र हाङपाङ गाउँमा रहेको छ । राज्यको नयाँ संरचना अनुसार अहिले यी दुवै गाउँ आठराई त्रिवेणी गाउँपालिका अन्तर्गत पर्छन् । थिन्दोलुङ खोयाहाङलाई आफ्नो मूलपूर्वज मान्ने आङबुहाङहरू आफ्ना प्रतापी पुर्खामध्ये नामहाङको नाम गौरवका साथ लिने गर्छन् । थिन्दोलुङ खोयाहाङका अर्का सन्तान थेचम्बुमा आवाद मेन्याङ्बो हुन् ।
आङबुहाङले नाम्बाहाङलाई ‘जसमत्र’ पनि भनिन्छ । राजा विजयनारायण रायको समयमा सर्दुखोलामा तामाको डल्लो ‘तामालुङ’ भेटिएपछि उनले पुरस्कार वा जस प्राप्त गरेको हुनाले उनलाई ‘जसमत्र’ भनिएको भन्ने चाँगेमा रहेका उनका आङबुहाङ सन्ततिले चर्चा गर्ने गरेका छन् । वराहक्षेत्रमा भक्तजनले उचाल्ने गरेको गह्रौँ धातुको डल्लो नै यहाँ उल्लेख गरिएको तामालुङ हो ।
चाँगेका इतिहास अभियन्ता टङ्क आङबुहाङसँग रहेको एक पुरानो वंशावलीको पाण्डुलिपिमा जसमत्रको पाँचौँ पुस्ताका दुई छोरामध्ये जेठा हाङसुयान र कान्छा सुचिहाङ देखिन्छन् । हाङसुयान नेसुमतिर रहे भने सुचिहाङ चाँगेमा सव्रिmय भए । यस क्षेत्रको सुवाङ्गी पनि उनकै सन्ततिमा सर्दै गयो । उनकै सन्ततिमध्ये विसं १८८० अघि र पछि यस क्षेत्रको लिम्बू सुब्बाका रूपमा चेतसिंह सव्रिmय रहेको देखिन्छ । यो लेखकसँग पनि १८८४ चैत सुदीमा तत्कालीन राजा राजेन्द्रविव्रmम शाहले आठराई थुमका सुब्बाहरू गाजकर्ण, राग्या, फुङलिङहाङका साथ चेतसिंहको नाममा जारी गरेको लालमोहर सुरक्षित छ ।
चेतसिंह जसमत्रका १० औँ पुस्ताका सन्तति हुन् । सामान्यतः एक पुस्तादेखि अर्को पुस्ताको अन्तर २५ वर्षको दरले हिसाब गर्दा चेतसिंहभन्दा जसमत्र २५० वर्षअघिका देखिन्छन् । चेतसिंहको सव्रिmयताको समय विसं १८८० लाई मान्ने हो । विसं १६३० तिर जसमत्र सव्रिmय देखिन्छन् ।
इतिहासकार इमानसिंह चेम्जोङले ‘किराँतकालीन विजयपुरको सङ्क्षिप्त इतिहास’ (२०५९ः१३–१४) मा उल्लेख गरे अनुसार पहिले मोरङको वाराताप्पागढीमा राजधानी बनाई राज्य गर्दै आएका साइलाइङका सातौँ पुस्ताका राजा विजयनारायणले साँगुरीगढी र वाराताप्पागढीको मध्यस्थानमा नयाँ सहर बसाइ आफ्नै नामबाट विजयपुर नामकरण गरे । उनले त्यहाँ विसं १६४१ देखि विसं १६६६ सम्म राज्य गरे ।
आङबुहाङको प्रभावशाली पुर्खा नाम्बाहाङ नामहाङ अर्थात् जसमत्रको सव्रिmय समय विसं १६३० देखिए पनि यसमा १०÷२० वर्ष फरक पर्न सक्ने पनि हुँदा उनी राजा विजयनारायणका समकालीन थिए भन्न त्यति गाह्रो छैन ।
यी आङबुहाङका प्रतापी पुर्खा नाम्बाहाङ नेसुन (सानोटार) पुगी सल्लाको रुखमुनि दरबार बनाई बसे ।
आङ बुं (सल्लाबोटे राजा) भए, उनैका सन्तान आङबुहाङ कहलाए भन्ने धारणा इतिहासकार शेरबहादुर इङ्नाम पुस्तक ‘इतिवृत्त’ (२०७७ः१३) मा व्यक्त गरेका छन् ।
सेनकालीन मोहरमा चाँगे
पूर्वी नेपालका केही महìवपूर्ण ठाउँको हालः प्रचलित स्थाननाम सेन राजाहरूले जारी गरेको मोहरमा पाइएका छन् । जस्तै मूलघाट, पानबारी, हाँसपोसा, गुवाबारी, दमक, लेटाङ आदि । यस्तै यस लेखमा चर्चा गरिएको चाँगे गाउँको पनि आजभन्दा साढे तीन सय वर्षअघि जारी गरिएको सेनकालीन एक मोहरमा पाइएको छ । नाम्बाहाङ (जसमत्र) का सन्तति टङ्क आङबुहाङको सौजन्यबाट प्राप्त यो सेनकालीन मोहर इतिहासकार भगिराज इङ्नामले ‘लिम्बुवानको अभिलेख सङ्ग्रह’ (२०८१ः६) प्रकाशित गरेका छन् ।
विसं १७४३ साउन वदी ८ को यो मोहर आङबुहाङका पुर्खा जस रायले विजयपुरका सेन राजाबाट पाएका हुन् । पुरानो भएका कारण धमिलो भएकोले निकै मुस्किलले पढ्न सकिने यो मोहरमा त्यहाँका तत्कालीन देवान (मुख्यमन्त्री) विचित्र रायको नाम भने स्पष्ट पढ्न सकिन्छ । इतिहासकार इङ्नामले यो मोहर राजा विधाता इन्द्र सेनको समयमा जारी भएको उल्लेख गरेका छन् ।
यो मोहर पाउनेको नाम जस राय उल्लेख छ । सेन राजाहरूले प्रयोग गर्ने गरेको तत्कालीन राजभाषा मैथिली हुने गरेको इतिहासकार इमानसिंह चेम्जोङले ‘किराँतकालीन विजयपुरको सङ्क्षिप्त इतिहास’ (२०५९ः६४) मा उल्लेख गरेका छन् । सेनकालीन राजभाषा थारू भाषासँग निकट रहेको भन्नेहरू पनि छन् ।
विसं १७४३ को उक्त सेनकालीन मोहरमा ‘जस राएके चङ्गे गाम दिहल’ भन्ने उल्लेख भएको स्पष्ट पढ्न सकिन्छ । यसबाट जस रायलाई चाँगे गाउँ दिइएको स्पष्ट हुन्छ । यो मोहरमै स्पष्ट लेखिएका कारण चाँगे स्थाननाम पनि निकै पुरानो रहेको प्रमाणित हुन्छ ।
अप्रकाशित वंशावलीको पाण्डुलिपि अनुसार त्यो समय यस क्षेत्रको हर्ताकर्ता रहेका जस राय नाम्बाहाङ (जसमत्र) का छैटौँ पुस्ताका सन्तति हुन् ।
चाँगेगाउँका सुचिराजा
चाँगेका आङबुहाङले आफ्ना अर्का प्रतापी पुर्खाका रूपमा सुचिहाङको नाम लिने गरेका छन् । वंशावलीको पाण्डुलिपिमा नाम्बाहाङ (जसमत्र) का पनाति हाङइच्छाका दुई छोरामध्ये नेसुमतिर जेठा हाङसुयन र चाँगेतिर कान्छा सुचिहाङ रहे भन्ने प्रसङ्ग माथि पनि परिसकेको छ ।
लिम्बू भाषामा राजालाई ‘हाङ’ भनिन्छ । आङबुहाङले आफ्नो प्रतापी पुर्खाका रूपमा नाम लिँदै आएको सुचिहाङ स्पष्ट पुष्टि हुने अर्को पुरानो प्रामाणिक मोहर पनि उपलब्ध छ । यो पनि टङ्क आङबुहाङको सौजन्यमा इतिहासकार इङ्नाम (२०८१ः९) ले प्रकाशमा ल्याएका छन् । यो मोहर विसं १७५४ साउन वदी ९ मा राजा महिपति सेनले जारी गरेका हुन् ।
जगदीप रायको नाममा जारी गरिएको यो मोहरमा मूल आदेशका रूपमा ‘जगदीप रायके तवोर फाट सुची राजाका षायन दीहल...’ भन्ने परेको छ । यसले हिजो सुचिराजाले खायनपायनका रूपमा भोगचलन गर्दै आएको तमोर नदीको फाँट जगदीप रायलाई दिइएको छ भन्ने स्पष्ट अर्थ राख्छ ।
वंशावली अनुसार जगदीप सुचिहाङका नाति र जस रायका छोरा हुन् । आफ्ना हजुरबुवाले हिजो पाएको सुवाङ्गीको अधिकारबापतको तमोर नदी किनारको जग्गा जागिरबापत उनले पनि पाएको देखिन्छ ।
लिम्बूहरूले पाएको मोहरमध्ये हालसम्म ‘राजा’ भएको पाइएको यो नै एक मात्र मोहर हो । यी सुचिराजाको दरबारको भग्नावशेष अहिले पनि आठराई त्रिवेणी गाउँपालिका साबिकको चाँगे गाविस) मा छँदै छ । यहाँ उसबेला घोडालाई दानापानी खुवाउने ढुङ्गाको ओखल पनि फेला परेको छ । शत्रु आइपर्दा उनी लुक्ने भनी चर्चा गरिने ओढार पनि यस क्षेत्रमा छन् ।
विसं १८८० अघि र पछि सव्रिmय रहेका चेतसिंहभन्दा सुचिराजा छ पुस्ताअघिको देखिँदा उनी विसं १७३० तिर सव्रिmय थिए भन्ने अनुमान गर्न सकिन्छ । सुचिराजाका छोरा जस रायको नाममा जारी भएको विसं १७४३ को मोहरको चर्चा माथि गरिसकिएको छ ।
उल्टियो इतिहास
माथि उल्लेख भएको मोहरबाट यसअघि लेखिएका केही स्थापित इतिहास खण्डित हुन पुगेको छ । महिपति सेन कहिले राजा भएका थिए, पहिले यसतर्फ विचार गरौँ ।
इतिहास शिरोमणि बाबुराम आचार्यले ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त इतिहास’ (२०६१ः१८–१९) मा उल्लेख गरे अनुसार विजयपुरका राजा विधाता इन्द्र सेन र उनका काका मकवानपुरका राजा शुभ सेन मुगलको अपहरणमा परेपछि विधाता इन्द्रकी रानीले लिम्बू भारदारलाई सहयोगका लागि पत्र दौडाएकी थिइन् भन्ने उल्लेख गर्दै उनीहरूको सहयोगपछि सन् १७०७ फेब्रुअरी (विसं १७६४ माघ–फागुन) मा सेनहरूको दक्षिणी भागको क्षेत्र अधिकार गरिरहेका मुगलहरू त्यहाँबाट हटेर गए । त्यसपछि मकवानपुरका मन्त्रीहरूले आपसमा सल्लाह गरी मान्धाता सेनलाई विजयपुरको र माणिक्य सेनलाई मकवानपुरको राजा गराएर शान्ति स्थापना गरिएको र उनै मान्धाता सेनपछि महिपति सेन कहलाएको उल्लेख गरेका छन् ।
आचार्यको लेखाइ अनुसार विसं १७६४ मा महिपति सेन राजा भएका थिए भन्ने मान्नुपर्ने हुन्छ तर छापसहित राजा महिपति सेनको विसं १७५४ को मोहरको सक्कल प्राप्त भइसकेपछि इतिहास शिरोमणिले महिपति सेनको राज्यकाल सुरु भएको भनी उल्लेख गरेको मितिभन्दा १० वर्षअघि नै उनी राजा भइसकेका थिए भन्ने प्रमाणित हुन्छ ।
यता चेम्जोङ (२०५९ः६२–६३) ले राजा कामदत्त सेनले आफ्नी एक रानी आङबुहाङकी चेली थाङ्सामाका हस्तपुरगढीबाट विस्थापित भई विजयपुरमा शरण लिइरहेका दुई भदै लाहाङ र हाङसामले सर्दुखोलामा तामाको डल्लो भेटेर आफूलाई चढाएकोले उनीहरूसँग खुसी भई यी दुवै राजकुमारलाई पहाडी ठाउँ आठराईको हाङपाङ लगेर त्यहाँको लिम्बूसँग सल्लाह गरी तिनीहरूको राजा तुल्याई राख्न लगाए भन्ने उल्लेख गरेका छन् ।
यताबाट हेर्दा विसं १८०८ देखि १८२६ सम्म राज्यकाल भएका कामदत्त सेनको समयदेखि आङबुहाङको भाग्योदय भयो भन्ने बुझ्नुपर्ने हुन्छ तर यसरी बुझियो भने गलत हुने छ । कामदत्त सेन राजा हुनुभन्दा धेरै वर्षअघि विसं १७४३ र विसं १७५४ को सेनकालीन मोहर आङबुहाङसँग ऐतिहासिक प्रमाणका रूपमा सुरक्षित छ । अझ महिपति सेनले आङबुहाङका एक पुर्खालाई कामदत्त सेन राजा हुनुभन्दा ५४ वर्षअघि नै ‘राजा’ उल्लेख गरी मोहर जारी गरेको स्पष्ट भएकाले चेम्जोङले उल्लेख गरेको कामदत्त सेनले आफ्नो समयमा आठराई क्षेत्रमा आङबुहाङ राजा तुल्याएका हुन् भन्ने धारणा स्वतः खण्डित हुन्छ ।
यस्तै सर्दुखोलामा भेटिएको तामाको डल्लो भेट्ने व्यक्ति लाहाङ र हाङसाम होइनन् भन्ने अर्को महìवपूर्ण प्रमाण पनि उपलब्ध छ । आङबुहाङका पुर्खा चेतसिंहले फाउदेनको जग्गासम्बन्धी झगडामा सरकारलाई चढाएको एक फिरादमा ‘फेउदेनको जग्गा जसमत राईले अघि पाउँदाको विस्तार... मोरंका राजा विजैपुर आउँदा ताँहि चाँकरि ढोका गर्दथ्र्यो सर्दूषोलामा सिम् तावा पाउँदा तेहि सिम् तावो राजालाई चह«ाउँदा तेस्को सिरपाउ जगा दिन्या हो भन्दा उरवराउ जगा कहा छ भनि दस लिम्बु गैह«लाई राजाबाट सोधनि हुदामा उरवराउ जगा चाग्या फेउदेन भन्याको छ’ भन्ने परेको छ । राष्ट्रिय अभिलेखालयमा सुरक्षित यो अर्जी इतिहासकार भगिराज इङ्नामले ‘लिम्बुवानको ऐतिहासिक दस्ताबेज सङ्ग्रह’ (२०७७ः३७१) मा प्रकाशित गरेका छन् ।
यो फिरादमा चेतसिंहका पुर्खा जसमतले तामाको डल्लो जसलाई चढाए ती मोरङका राजा सेनवंशी होइनन् भन्ने अर्जीमा लेखिएका अरू बेहोराले पुष्टि गर्छ । फिरादमा ‘त्यसपछि मकवानी राजाले पनि, हिन्दुपति राजाका पालामा पनि, सेन राजाको पालामा पनि फेउदेनको जग्गा हामीले चर्चिब्यहोरी आएका थियौँ’ भन्ने स्पष्ट रूपमा परेकोले सेनवंशीले विजयपुरमा आफ्नो आधिपत्य कायम गर्नुअघि नै जसमत रायले सर्दुखोलामा तामाको डल्लो भेटी विजयपुर आएका मोरङका राजालाई चढाएर उनको मन जिती बक्सिस पाएका थिए भन्ने सहज अनुमान गर्न सकिन्छ ।
यताबाट हेर्दा आङबुहाङका प्रतापी पुर्खा जसमत्र वा जसमत राय नामले समेत कहलिएका नाम्बाहाङले राजा विजयनारायण रायको समयमा उनको मन जितेर आठराई चाँगे क्षेत्रको सुवाङ्गी जिम्मेवारी पाएका थिए भन्ने देखिन्छ ।