युगचेतना र सभ्य समाज निर्माणमा सिर्जनात्मक अभिव्यक्तिको भूमिका प्रमुख रहन्छ । ललितकलाका माध्यमबाट सिर्जनात्मक अभिव्यक्ति प्रकट हुन्छ । समाजमा विचार, चेतना, सभ्यता, संस्कृति, संस्कार निर्माणमा ललितकलाको प्रमुख भूमिका रहन्छ । ललितकला दृश्य भाषा हो । यसले मानिसमा सहज ढङ्गले विचार, संस्कार, संस्कृति निर्माण गर्न सक्दछ । यो मानिसले विकास गरेको विचार, दर्शन र सौन्दर्यचेतलाई सम्प्रेषण गर्ने सशक्त माध्यम पनि हो ।
मानिसले आदियुगदेखि विकास गरेको चेतनालाई सम्प्रेषणीय बनाउने माध्यमका रूपमा ललितकलाले महìवपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । मानिसलाई सिर्जनात्मक रूपमा चेतनशील र गतिशील बनाउँदै प्रत्यक्ष–परोक्ष रूपमा ललितकलाले सभ्यता, ऐतिहासिक वैभव, युगबोध, संस्कृति निर्माण, सिर्जनशील नागरिक निर्माणमा समेत समाजलाई डो-याउँदै अघि बढेको पाइन्छ । समय अनुसारको सभ्यता र संस्कृतिलाई दृश्यात्मक रूपमा अभिलेखीकरण गर्दै त्यसको विकास र दिगोपनमा ललितकलाले विशिष्ट भूमिका खेल्दै आएको इतिहास हाम्रासामु जगजाहेर छ । विश्वमा विकास भएका विभिन्न सभ्यता र तिनको पहिचानलाई स्थापित गर्ने जगाधार नै ललितकला बन्न पुगेको छ । संस्कृति र सभ्यताको युगबोधको मानकका रूपमा रहेको ललितकला वास्तुकला, चित्रकला, मूर्तिकला या दृश्य भाषाका रूपमा प्रस्तुत हुँदै सभ्य समाज निर्माणका आधार बन्न पुगेको देखिन्छ । यी विविध पक्षबाट मानव जातिको पहिचानलाई स्थापित गराउन ललितकलाले इतिहासदेखि नै महìवपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ । हुन त समाजमा ललितकला दुई प्रकारले अभिव्यक्त भएको छ– एउटा लालित्यपूर्ण र अर्को प्रायोगिक रूपमा । लालित्यपूर्ण कलाले चेतना वा मस्तिष्क निर्माणमा भूमिका खेलेको हुन्छ । प्रायोगिक कला मानिसको दैनिक जीवनको आवश्यकता पूरा गर्ने ढङ्गले विकास भएको छ । मानिसको दैनिक जीवनमा उपयोगमा आउने सामग्रीमा कलाको प्रयोग भएको हुन्छ । हस्तकला, प्रडक्ट डिजाइन, ज्वेलरी डिजाइन, फर्निचर डिजाइन, फेसन डिजाइन, ग्राफिक डिजाइन, मेकानिकल डिजाइन, टेक्सटायल डिजाइन, इन्टेरियर÷एक्सटेरिअर डिजाइनलगायतका विविध माध्यममार्फत प्रस्तुत भएका कलाले संस्कृति, मौलिकता, अर्थतन्त्र, रोजगारीसँगै मानवजीवनलाई सहजतातिर डो¥याइरहेको हुन्छ । ललितकला मानव, समाज, देश र विश्वको देखिने तथा नदेखिने महìवपूर्ण सामाजिक, सांस्कृतिक पुँजी अर्थात् सम्पत्ति हो । हुन त कतिपयले यसलाई अनुत्पादक क्षेत्रका रूपमा पनि लिने गरेको पाइन्छ ।
पुँजी भनेको आर्थिक रूपमा कारोबार मात्रै होइन । बौद्धिक÷प्राज्ञिक, सांस्कृतिक, राजनीतिक, सामाजिक, मानवीय, ऐतिहासिकलगायत पुँजीका विविध पक्ष छन् । यी पुँजीसँगै ललितकलाले आर्थिक पक्षमा समेत महìवपूर्ण योगदान दिइरहेको हुन्छ । आर्थिकसँगै सामाजिक, सांस्कृतिक, ऐतिहासिक, राजनीतिक पुँजीका रूपमा समाजलाई गतिशील र सिर्जनशील बनाउन ललितकलाले अहम् भूमिका निर्वाह गर्दै आइरहेको छ ।
भौतिक–अभौतिक
ललितकलाले भौतिक सम्पत्तिका रूपमा मानव, समाज, देश र विश्वकै ऐतिहासिक, सामाजिक, सांस्कृतिक, मानवीय समृद्धिलाई धानेको छ । भौतिक रूपमा मानिसले निर्माण गरेको विचार, दर्शन, सभ्यता, संस्कृति आदिमा ललितकलाको पाटो विशिष्ट ढङ्गले प्रकट भएको हुन्छ । हामीले परख गरेका विश्वका सानाठुला सभ्यता र संस्कृतिको भौतिक पक्षलाई ललितकलाले नै आकार दिएको छ । देखिने वा दृश्य भाषाका रूपमा मानिसलाई विचार, दर्शन, सभ्यता, संस्कृति तथा मानवीय संवेगलाई बुझाउने माध्यम ललितकला हो । यसर्थ ललितकला भौतिक सम्पत्तिको विश्वमै प्रमुख आधार बनेको हो ।
दृश्यात्मक भाषासँगै त्यसमार्फत भौतिक रूपमा नदेखिने गरी मानिसमा संस्कारको विकास भएको हुन्छ । सकार र नकार पक्षलाई कलात्मक रूपमा उधिनेको हुन्छ । मानिसमा आहा ! कति राम्रो वा नराम्रो भन्ने भावना प्रकटसमेत गराउँछ । यस कारण ललितकला समाजको अभौतिक पुँजी पनि हो ।
ललितकलाले मानिसमा विचार र शिल्प ज्ञान गरी दुई वटा पक्षलाई उठान गरेको हुन्छ । यी दुई वटा विषयमा दक्षता राख्ने भएकाले नै ललितकलाकर्मी समाजको बौद्धिक पँुजीका रूपमा दरिएको हो । समाजको राजनीतिक, सामाजिक, सांस्कृतिक तथा सुसभ्य चिन्तन निर्माणमा विचार पक्षलाई गहन ढङ्गले बुझ्ने र त्यसलाई शिल्पकारिताका रूपमा सिर्जनात्मक अभिव्यक्तिमार्फत ढाल्ने काममा समेत ललितकलाकर्मीको भूमिका अहम् रहन्छ । विचार÷चिन्तनलाई आममानिससम्म सम्प्रेषण गराउने दृश्यभाषी अभियन्ता भएकाले ललितकलाकर्मी समाजको बौद्धिक तथा प्राज्ञिक पुँजी हो ।
मानिसमा सौन्दर्य, दर्शन र चेतना विकासमा ललितकलाले जग निर्माण गरेको हुन्छ । सिर्जनात्मक अभिव्यक्तिले चेतना, सौन्दर्य र दर्शन निर्माणमा महìवपूर्ण भूमिका खेल्दछ । मानिसलाई राम्रो र नराम्रो पक्षको अनुभूत गराउने रचनात्मक विषय पनि ललितकला हो । जीवन र जगत्को शाश्वत सत्यलाई दृश्यात्मक रूपमा प्रकटीकरण गरी आममानिसमा सहज ढङ्गले सम्प्रेषण गराउने भएकाले सौन्दर्यचेत, दर्शन र चेतना निर्माणमा यसको भूमिका प्रधान रहन गएको हो । मौखिक वा लिखित रूपमा विकास भएका विचार, दर्शन र चिन्तनलाई सरल तरिकाले सम्प्रेषण गर्ने माध्यम पनि ललितकला हो ।
सामाजिक, सांस्कृतिक र इतिहास
समाजमा विकास भएका मानवीय मूल्य र मान्यता तथा संस्कृतिलाई सैद्धान्तीकरण गर्दै तिनलाई व्यावहारिक रूपमा प्रयोगमा ल्याउने विषय नै ललितकला हो । यसले भौतिक तथा अभौतिक रूपमा मानिसमा संवेगात्मक प्रभाव पार्ने वातावरण बनाउँछ । सामाजिक मूल्य र मान्यतालाई स्थापित गराउन भूमिका खेल्दछ । मानिसले निर्माण र विकास गरेको देखिने र नदेखिने वैभवतालाई चिनाउने, पुँजीकृत गर्ने र युग युगसम्मलाई मार्गनिर्देश गर्ने भएकाले ललितकला इतिहास र युगको महìवपूर्ण पक्ष पनि हो । विश्वमा विकास भएका सभ्यता, संस्कृति र सामाजिक तथा राजनीतिक विरासतलाई ऐतिहासिक रूपमा जगेर्ना गर्ने माध्यम नै ललितकला बन्न पुगेको छ । यसले इतिहासलाई सही ढङ्गले युगौँयुगसम्म बचाइराख्न भूमिका खेलिरहेको छ ।
नेपालको ऐतिहासिक विरासतलाई नियाल्दा बुद्धकालभन्दा दुई सय वर्षअघिको ऐतिहासिक तथ्य फेला परेको छ । नेपालको करिब तीन हजार वर्ष पुरानो इतिहास र सभ्यता पनि ललितकलाकै माध्यमबाट बाहिर आएको छ । यस्तै नेपालमा किराँत, लिच्छवि, मल्ल, शाह, प्रजातान्त्रिक÷बहुदलीय युग तथा सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक युगमा विकास भएका सभ्यता, संस्कृति र तिनको महìवपूर्ण एवं विकासलाई समेत युग अनुसार चिनाउने काम पनि ललितकलाले गरेको छ ।
मानिसले विकास गरेको आफ्नोपनको पुँजीका रूपमा समेत यसलाई लिन सकिन्छ । मानिसले आफ्नो समुदाय, समाज, भूगोल, देशमा विकास गरेको संस्कृति, सभ्यता र रैथाने शिल्प ज्ञान नै मौलिक पुँजी हो । यसको प्रकट पनि दृश्य अदृश्य रूपमा ललितकलाबाट प्रकट भएको हुन्छ । साथै यसले मानव कल्याण र समाजको गतिशीलतालाई सिर्जनशील बनाउन दृश्य भाषाका रूपमा काम गरिरहने हुनाले मौलिक पुँजीका रूपमा रहन गएको हो । सामाजिक जागरणमा ललितकलालाई लैजानुपर्ने पहिलो दायित्व छ । यही भावलाई दृष्टिगत गरी नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले सामाजिक जागरण ललितकलाको अभियानलाई अघि बढाएको छ । प्रतिष्ठानले आयोजना गरेको प्रादेशिक तथा राष्ट्रिय ललितकला प्रदर्शनीको मूल भाव नै यही रहेको छ । साथै स्थानीय, प्रादेशिक तथा केन्द्रीय स्तरका कार्यव्रmमसमेत यही नारालाई केन्द्रमा राखेको छ । जागरणमूलक कार्यमा कलाको प्रयोग बढ्दो छ । उत्पीडनमा परेका समुदायलाई जगाउने र तिनका विषयलाई कलामार्फत अघि बढाउने काममा कलाकारले काम गरिरहेका छन् । सामाजिक जागरणमा कलाको भूमिका विशिष्ट रहने भएकाले कलाकारले सुविधाबाट वञ्चित परेका–भएका, अन्यायमा परेका समुदायका विषय र पक्षलाई रङ, रेखा र आकृतिका माध्यमबाट अभिव्यक्त गरेका छन् । गणतन्त्रको सुन्दर पक्ष भनेको वञ्चितीकरणमा परेको समुदायका विषयलाई सिर्जनात्मक ढङ्गले अभिव्यक्त गर्ने स्वतन्त्रता हो ।
अर्थतन्त्र
ललितकला आफँै अर्थतन्त्रको बलियो आधार हो । यसको लालित्यपूर्ण र प्रायोगिक पक्ष भौतिक रूपमै बन्ने भएकाले आर्थिक विनियममा पनि जोडिएको छ । ललितकलालाई उत्पादनसँग जोडेर अघि बढाउनु पर्दछ । नेपालका मौलिक पहिचान झल्किने कलालाई अर्थतन्त्रसँग जोडेर अगाडि बढाउन सकिए मात्रै त्यसले दिगोपन लिन्छ । यसबाट मौलिकताको जगेर्ना हुने र रोजगारीको सिर्जना पनि हुन्छ । नेपालको अर्थतन्त्रमा ललितकला (हस्तकला, लोककला, परम्परागत कला, चित्र/मूर्तिलगायतका कला) मार्फत लाखौँले रोजगारी तथा अर्बौंको आर्थिक कारोबार भएको छ । ललितकलालाई आर्थिक समृद्धिसँग पनि जोडेर लान सकिए रोजगारीसँगै मौलिकताको जगेर्ना हुने र अर्थतन्त्रमा समेत योगदान पुग्दछ । यसर्थ ललितकला भौतिक, अभौतिक, ऐतिहासिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, दर्शन, विचार, चिन्तन, मौलिकता, पहिचान, जागरण, मानव कल्याण र आर्थिक विकास गर्ने महìवपूर्ण पुँजी हो । यसलाई सही ढङ्गले पहिचान गर्न सकेर त्यसलाई राष्ट्रनिर्माणमा लगाउन सकिएमा छोटो समयमै देश समृद्धको दिशामा अघि बढ्न सक्छ ।
यिनै पक्षलाई ध्यान दिई नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले अनुसन्धान, सिर्जना र सम्मानलाई केन्द्रित गरेर काम गरेको छ । यस्तै ‘सामाजिक रूपान्तरण : ललितकला’ को अभियानको मूलभावमा रही प्रतिष्ठानले गतिविधि गरिरहेको छ । यसै गरी मौलिकताको जगेर्ना, रोजगारीको सिर्जना र अर्थतन्त्रमा योगदानलाई ध्यान दिएर नीतिगत तथा योजनागत रूपमा काम गरिरहेको छ । यी कामलाई सम्पन्न गर्न सहकार्य र साझेदारीको मोडलमा काम गरेको छ ।