• १६ असार २०८१, आइतबार

सुदूरपश्चिममा आमसञ्चारको समग्र विकासको पहल गरियोस् : बिना मगर

blog

काठमाडौं, जेठ २५ गते। नेकपा (माओवादी केन्द्र) का सांसद बिना मगरले सुदूरपश्चिम प्रदेशमा आमसञ्चार क्षेत्रको समग्र विकास सम्बन्धमा जोड दिनुभएको छ।

बुधबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा सहभागी हुँदै उहाँले यस्तो बताउनुभएको हो। उहाँले शहीद भीमदत्त आमसञ्चार स्थापनामार्फत् सो कार्य अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो। 

“सुदूरपश्चिमको कैलालीमा औद्योगिक क्षेत्रमा आवश्यक होमवर्क पुगिसकेको छ, यता पनि ध्यान केन्द्रित रहोस्। खनिजसँग सम्बन्धित कुरालाई योजनाबद्व ढंगले अगाडि बढाइयोस्”, उहाँले भन्नुभयो।

आमसञ्चारको विकासका लागि त्यहाँका विद्यालयमा आधुनिक शिक्षा प्रणालीलाई प्रयोग गर्नुपर्ने र नपुगेका कुरामा पहुँच वृद्वि गरिनुपर्ने उहाँको भनाइ छ। 

सबै विषयमा औद्योगिकीकरणको विषय उठेको बेला हरेक घरका महिलालाई उद्योग र उत्पादनसँग जोड्नुपर्नेमा उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो। ‘‘खासगरी, साना उद्योगमा सरकारले ध्यान दिनसक्नुपर्छ’, उहाँले बताउनुभयो।