• १६ असार २०८१, आइतबार

पाँच महिनादेखि बन्द रहेको त्रिवि सुचारु गर्न अनेरास्ववियुको माग

blog

काठमाडौं, जेठ २५ गते । नेकपा (एमाले)निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले पाँच महिनादेखि बन्द रहेको त्रिभुवन विश्वविद्यालय सुचारु गर्न सरकारसँग माग गरेको छ ।

अध्यक्ष सुनीता बरालले बुधबार प्रेस वक्तव्य जारी गर्दै विश्वविद्यालयमा भइरहेका गतिविधिप्रति ध्यानाकर्षण भएको बताउँदै बन्द रहेको विश्वविद्यालय खुलाउन माग गर्नुभएको हो ।

उहाँले विगत पाँच महिनादेखि त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी रहेको बताउँदै सरकार विश्वविद्यालयप्रति संवेदनशील हुने अपेक्षा गरेको बताउनुभएको छ ।

अध्यक्ष बरालले प्रधानमन्त्री एवं त्रिविका कुलपति शेरबहादुर देउवालाई रचनात्मक रुपमा समस्याको समाधान गर्न र विश्वविद्यालय सुचारु गर्न आग्रह गर्नुभएको छ ।