• १२ वैशाख २०८२, शुक्रबार

लुम्बिनीका सामाजिक विकासमन्त्रीद्वारा अनाथ बालबालिका पोशाक वितरण

blog

लुम्बिनी प्रदेशका समाजिक विकासमन्त्री जन्मजय तिमिल्सिना अनाथ तथा असहाय बालबालिकालाई पोशाक वितरण गर्नुहुँदै । तस्बिर : ज्योति पन्थी

ज्योति पन्थी
बबई(बर्दिया), वैशाख १२ गते ।
लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले अनाथ तथा असहाय बालबालिकालाई पोशाक वितरण गर्नुभएको छ । बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नं. १ को पत्थरभोजीमा रहेको सरस्वती सामुदायिक विद्यालयले सञ्चालन गरेको असहाय केन्द्रमा पुगेर मन्त्री तिमिल्सिनाले ३० जना असहाय बालबालिकालाई पोशाक वितरण गर्नुभएको हो ।

सरस्वती प्राथमिक विद्यालयमा अध्यनरत बालबालिकालाई पोशाक वितरण गर्न मन्त्री तिमिल्सिना बिहीबार बर्दिया पुग्नुभएको थियो । आफ्नो सोच अभिभावक विहीन बालबालिकालाई सहयोग गर्नुपर्छ भन्ने थियो, त्यसै अनुरूप विद्यालयमा अध्यनरत असहाय केन्द्रका बालबालिकालाई पोशाक र चप्पल वितरण जानकारी उहाँले दिनुभयो ।

उहाँले पैसाको अभावमा पढ्न नपाउँदाको पीडा आफ्नो बाल्यकालमा आफुले भोगेको स्मरण गर्नुहुँदै कसैलाई पनि पढ्नबाट बञ्चित गर्न हुन्न भन्ने तरिकाले आफु लागेको बताउनुभयो । सरस्वती प्राथमिक विद्यालयमा कक्षा ७ मा अध्यनरत एलिसा थापाले स्कुल पोशाक सहयोग पाएकोमा आफुहरू खुसी भएको बताउनुभयो ।

पोशाक वितरण कार्यक्रममा दुर्गम मानिएको पत्थरभोजी गाउँको विकासमा लुम्बिनि प्रदेश सरकार र सङ्घीय सररकाले सहयोग गर्नुपर्ने मधुवन नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मिन थापाले बताउनुभयो । विद्यालयले सञ्चालन गरेको बर्दियाको एक मात्र असहाय केन्द्रमा अहिले आठ जना छात्रा र २५ जना छात्र गरी ३३ जना बालबालिकाले अध्यन गरिरहेका छन् । बर्दियाको मधुवन नगरपालिका वडा नं.१ मा पर्ने पत्थरभोजी गाउँ दुईतिरबाट नदीले घेरिएको छ भने जङगलको बिच भागमा पर्दछ ।