काठमाडौँ, वैशाख ११ गते । रियल म्याड्रिडले स्पेनिस ला लिगामा गेटाफेमाथि कठिन जित निकालेको छ । बुधबार राति भएको खेलमा रियलले गेटाफेलाई उसैको मैदानमा १–० गोलले हरायो ।
रियलको जितमा अर्दा गुलरले २१औँ मिनेटमा गर्नुभएको गोल निर्णायक बन्यो । जितसँगै दोस्रो स्थानमा रहेको रियलले शीर्षटोली बार्सिलोनासँग चार अङ्कले दुरी घटाएको छ ।
बार्सिलोनाको ३३ खेलबाट ७६ अङ्क छ । रियलको समान खेलबाट ७२ अङ्क पुगेको छ । पराजित गेटाफे ३९ अङ्कसहित १२औँ स्थानमा छ । एजेन्सी