काठमाडौँ, वैशाख १० गते । स्पेनिस ला लिगाको उपाधि दौडमा रहेको बार्सिलोनाले शीर्षस्थान थप बलियो बनाएको छ ।
घरेलु मैदानमा मङ्गलबार राति भएको खेलमा बार्सिलोनाले मालोर्कालाई १–० गोलले हरायो । बार्सिलोनाको कठिन जितमा ड्यानी ओल्मोले गोल गर्नुभयो । उहाँले ४६औँ मिनेटमा गर्नुभएको गोल निर्णायक बनेको थियो ।
जितसँगै बार्सिलोनाले शीर्षस्थानमा सात अङ्कको अग्रता बनाएको छ । ३३ खेल सकेको बार्सिलोनाको ७६ अङ्क छ । एक खेल कम खेलेको रियाल म्याड्रिडले ६९ अङ्कसहित दोस्रो स्थानमा छ । पराजित मालोर्का ४४ अङ्कका साथ सातौँ स्थानमा छ । एजेन्सी