पञ्चकोशी समाचारदाता
पञ्चकोशी (दैलख), वैशाख १० गते । दैलेखको महाबु गाउँपालिका–२ को वडा कार्यालयले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । पालिकासम्म आउन नसक्ने वृद्धवृद्धा तथा अशक्त नागरिकलाई समस्या भएपछि वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । घुम्ती शिविरमार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको महाबु गाउँपालिकाका–२ का वडाध्यक्ष प्रकाशराज थापाले जानकारी दिनुभयो । वडाबाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेसँगै अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई बैङ्कमा घण्टौँ लाइन बसेर सामाजिक सुरक्षा भत्ता लिनुपर्ने बाध्यता हटेको उहाँले बताउनुभयो ।
उहाँले आइतबार र सोमबार वडाका झन्डै ३९८ जना लाभग्राहीलाई वडा कार्यालयबाटै भत्ता प्रदान गर्न गरिएको जानकारी दिनुभयो ।