• १० वैशाख २०८२, बुधबार

ढुङ्गाले हानेर चार महिने छोराको हत्या

blog

अमरराज नहर्की
तनहुँ, वैशाख १० गते ।
तनहुँकी एक महिलाले ढुङ्गाले हानेर छोराको हत्या गरेकी छिन् । घिरिङ गाउँपालिका– ४ थामडाँकी ३६ वर्षीया कमला परियारले हत्या गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

परियारले चार महिनाको शिशु अर्जुन परियारको हत्या गरेको ढुङ्गाले हानी हत्या गरेकोले कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । परियारले माइती घर नवलपुरको बौदीकाली गाउँपालिका अर्मलेमा जाने क्रममा छोराको हत्या गर्नुभएको हो ।

माइतिघर जाने क्रममा मानपुर–डेढगाँउ सडक खण्डमा कमलाले सोमबार साँझ ७ बजे ढुङ्गाले हानी गम्भीर घाइते बनाएकोमा स्थानीय बासिन्दाले घाइते बच्चालाई उपचारका लागि रामपुर अस्पताल पाल्पामा लगेकोमा बालकको उपचारको क्रममा मृत्यु प्रनाउ थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार छोराको हत्या गर्ने परियारलाई इलाका प्रहरी कार्यालय डेढगाउँ नवलपरासीले पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तनहुँमा मङ्गलबार उपस्थित गराएको छ । प्रारम्भिक अनुसन्धान पूरा गरी परियारलाई कर्तव्य ज्यान मुद्दा शीर्षकमा तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।