• ६ वैशाख २०८२, शनिबार

चलचित्र बिगुलमा महामन्त्री शर्माको सङ्गीत

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख ७ गते  । सामाजिक तथा राजनीतिक विषयमा निर्माण हुन लागेको चलचित्र ‘बिगुल’ को एउटा गीतमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सङ्गीत दिनुभएको छ । रमेश कोइरालाको निर्देशनमा बन्ने चलचित्रको ‘आउ यस्तो देश बनाऔँ’ बोलको गीत अनामनगरस्थित सायारेम स्टुडियोमा रेकर्ड गरिएको हो । राजेश पायल राईको स्वरमा रहेको सो गीतको शब्द पनि महामन्त्री शर्माले रच्नुभएको हो । चलचित्रका गीतमा विश्वप्रकाशलाई अर्जुन पोखरेल र सङ्गीतमा मनोज चौलागाईंले साथ दिनुभएको छ । म्याग्नेलिया ग्रुप प्रालिको ब्यानर र कल्पना पौडेलको प्रस्तुति रहेको चलचित्रमा नरेन खड्का, बेनिशा हमाल, रमेश बुढाथोकी, गीता अधिकारी, सुमोद भारद्वाजलगायतका कलाकार अनुबन्धित भइसक्नुभएको छ । चलचित्रमा मौनता श्रेष्ठको पटकथा र संवाद रहेको छ ।