• ६ वैशाख २०८२, शनिबार

भृकुटीमण्डपको बक्यौता तिर्न ताकिता

blog

वीरेन्द्र ओली 

काठमाडौँ, वैशाख ५ गते   । काठमाडौँको भृकुटीमण्डपमा रहेको जग्गा प्रयोग गरेको बक्यौता उठाउन समाज कल्याण परिषद्ले तोकिता गरेको छ । राजनीतिक पहुँचका आडमा विगत २५/३० वर्षदेखि ४७ विभिन्न सङ्घ संस्था र व्यक्तिले प्रयोग गरेको जग्गा भाडाको बक्यौता तिर्न ३५ दिने सूचना जारी गरिएको हो ।  

समाज कल्याण परिषद्का प्रशासन प्रमुख दुर्गाप्रसाद भट्टराईले गत चैत २१ गते सार्वजनिक सूचना जारी गरेर ३५ दिनभित्र बक्यौता तिर्न आह्वान गरेको जानकारी दिनुभयो । बक्यौता तिर्न बाँकी रहेका सङ्घ, संस्था, व्यक्तिलाई छ करोड ८२ लाख ७५ हजार ५४५ रुपियाँ समयमै बुझाउन निर्देशन दिइएको उहाँले बताउनुभयो । “हामीले बक्यौता तिर्न पत्र नै लेखेर धेरै पटक आग्रह ग¥यौँ । कतिपयले तिर्नुभयो । धेरैले पैसा तिर्न मान्नुभएन”, उहाँले भन्नुभयो, “अब हामी प्रव्रिmयामा गएका छौँ । ३५ दिने सूचना प्रकाशित भइसकेको छ । कानुनबमोजिम हरहिसाब कोष तथा लेखा नियन्त्रणको कार्यालयमा सिधै पठाइन्छ ।” उहाँले राज्यको सम्पत्ति कसैले पनि खान नमिल्ने भएकाले बक्यौता उठाएर छाडिने दाबी गर्नुभयो । राजनीतिक संरक्षणकै कारण लामो समय बक्यौता नउठेको स्वीकार गर्दै उहाँले राज्यलाई नटेरेका कारण यति धेरै बक्यौता जम्मा भएको उल्लेख गर्नुभयो ।    

परिषद्का अनुसार राजनीतिक दलका नेतादेखि पत्रकार तथा कर्मचारीका संस्थासम्मले भाडा तिर्न अटेर गर्दै आएका छन् । अधिकांशको गत २०५० देखि २०६२÷६३ साल अघिसम्मको पनि बक्यौता बाँकी छ । भाडा लिएर सम्झौता गर्नेलाई पटक पटक सम्पर्क गर्दा उनीहरूको फोन नलाग्ने गरेको परिषद्का अधिकारीहरू बताउँछन् । सम्पर्कविहीन भएका नौ व्यक्ति र संस्थालाई हुलाकमार्फत पत्र पठाएर बक्यौता तिर्न सूचित गरिएको छ ।