• २ वैशाख २०८२, मङ्गलबार

आफ्नै शरिरमा आगो लगाएका वृद्धको मृत्यु

blog

अर्जुन कार्की
काठेखोला (बागलुङ), वैशाख १ गते ।
आफ्नै शरिरमा पेट्रोल खन्याएर आगो लगाएर आत्मदाहको प्रयास गरेका एक वृद्धको मृत्यु भएको । पेट्रोल खन्याएर शरीरमा आगो लगाएका बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातका ८० वर्षीय हस्तबहादुर गुरुङको आइतबार राति मृत्यु भएको हो ।

शरीरको कम्मरभन्दा माथिको भाग जलेको र बोल्न नसक्ने सिरियस अवस्थामा धवलागिरी अस्पताल ल्याएका गुरुङको धवलागिरी प्रादेशिक अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपि) विजय यादवले बताउनुभयो । 

डिएसपि यादवका अनुसार गुरुङले आइतबार दिउँसो ५ बजे घरदेखि ५० मिटर टाढा रहेको चौरमा आफ्नो शरीरमा आफैँ पेट्रोल खनाई आगो लगाएका थिए । आगोले जलिरहेको अवस्थामा गुरुङकी श्रीमती र छोराले देखेपछि तत्कालै आगो निभाउँदै उद्धार गरेर उनलाई उपचारका लागि धवलागिरी प्रादेशिक अस्पताल बागलुङमा पुर्‍याएका थिए । उपचारको क्रममा आइतबार राति १० बजे चिकित्सकले मृत्त घोषणा गरेका थिए । 

डिएसपि यादवका अनुसार गुरुङको शव पोष्टमार्टमका लागि धवलागिरी प्रादेशिक अस्पताल बागलुङमा राखिएको छ । गुरुङले आत्मदाह गर्नुका कारण नखुलेको र अनुसन्धान जारी रहेको बागलुङ प्रहरीले जनाएको छ ।