• ४ साउन २०८१, शुक्रबार

आज प्रतिनिधिसभामा दुई विधेयक पेस हुने

blog

काठमाडौं, जेठ २३ गते । प्रतिनिधिसभाको आजको बैठकमा दुई वटा विधेयक पेस गर्ने तयारी गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विद्येयक २०७९ र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको विधेयक २०७९ निर्णयार्थ प्रस्तुत गर्ने सम्भावना रहेको संसद् सचिवालयले सूचना प्रकासन गरी जानकारी गराएको छ । 

सचिवालयले जारी गरेको सूचनानुसार कार्यव्यवस्था परामर्श समितिको बैठकले संसदमा प्रस्तुत गरिने विधेयकबारे अन्तिम कार्यसूची बनाउनेछ । समितिलाई सम्भावित कार्यसूचीमा रहेका विधेयकलाई प्रस्तुत गराउने, थप गराउने वा हटाउने अधिकार छ ।