अमृतप्रसाद पौडेल
म्याग्दी, चैत १८ गते । हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–७ र ८ अन्तर्गत पर्ने बेनी बजार सुरक्षा र सुन्दरताका लागि कालीगण्डकी किनारमा सडक ढलान सोमबारदेखि सुरु भएको छ ।
बेनी बजारमा आउने धुलो नियन्त्रणका साथै सवारी साधनहरूलाई बजार बाहिरैबाट गन्तव्यमा पुग्न सहजताका लागि आवश्यक सडक यस वर्ष निर्माण थालिएको हो । बेनी नगरपालिका–८ कालीपुल देखि बेनी नगरपालिका–७ जिल्ला प्रहरी कार्यालयसम्म नौ सय ९१ मिटर सडक ढलान गर्न लागिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो ।
चार करोड ५० लाख रुपियाँ लागत स्टमेट गरी ठेक्का आह्वान गरिएकोमा तीन करोड १९ लाख रुपियाँमा विकेश दुप्चेश्वर जेभीले ठेक्का सम्झौता गरेको उहाँले जानकारी दिनुभयो ।
सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङ मार्फत हुन लागेको निर्माण कार्यको समय छ महिना रहेको भएता पनि २०८२ को असार भित्रै सक्ने गरी काम थालेको निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले जानकारी दिनुभयो ।